गण्डकीका चार जिल्लामा ७० हजार डालेघाँसका विरुवा वितरण

पर्वत ।भू–क्षय न्यूनिकरण सँगै कृषकहरुको आयआर्जनमा समेत सुधार ल्याउने उद्धेश्यले ७० हजार डालेघाँसका विरुवा वितरण गरिएको छ । भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले आफ्नो कार्य क्षेत्र भित्र रहेका पाँच जिल्लाका कृषकहरुलाई डाँलेघाँसका विरुवा वितरण गरेको हो । पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ र स्याङ्जाका कृषकलाई विरुवाहरु वितरण गरिएको छ ।

विरुवा वितरणका लागि चार जिल्लामा उत्पादन गरिएको थियो । पर्वतमा ३० हजार, स्याङ्जा र म्याग्दीमा २०/२० हजार तथा बागलुङ नगरपालिकाको सहकार्यमा थप १० हजार विरुवा उत्पादन गरि वितरण गरिएको भु–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले जनाएको छ । मुस्ताङका कृषकहरुले भने डालेघाँसका विरुवा माग गरेका थिएनन् ।व्यक्तिगत तथा व्यावसायिक रुपमा पशुपालन व्यावसाय संचालन गरेका फर्म वा संस्थाहरुलाई मागको आधारमा विरुवा वितरण गरिएको कार्यालय प्रमुख दिवाकर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार राइखन्यू, निमारो, किम्बु, टाँकी, बैंस, इपिल इपिल, अमला, बाँस, तेजपात लगायतका गुणस्तरीय विरुवाहरुको वितरण गरिएको हो ।

कार्यालयले रु। १० लाख रुपैया भन्दा बढिको लागतमा विरुवाहरु तयार पारेका थियो । प्रति विरुवा तयार गर्नका लागि रु.१५ रुपैया लागत लागेको पौडेलले बताउनुभयो । हरेक वर्ष डालेघाँसका विरुवाहरु वितरण गर्दै आएको कार्यालयले कृषकहरुलाई गाईबस्तु पालन गर्नका लागि सहज हुनुका साथै भु९क्षय, पहिरो जस्ता जोखिम न्यूनिकरणमा टेवा पुगेको उहाँको कार्यालयको विश्वास रहेको छ ।विरुवा उत्पादन गर्न निकै कठिन छ कार्यालय प्रमुख पौडेलले भन्नुभयो ‘कृषकहरुले आफ्नै सन्तान जस्तै माया गरी हुर्काउन सक्नु भयो भने भविष्यमा बहुउपयोगी हुनुका साथै आयआर्जनमा समेत टेवा पुग्ने छ ।

विरुवा वितरण कार्यको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले विरुवा वितरण गरेर शुभारम्भ गर्नुभएको छ । पर्वतका विभिन्न पालिका र बागलुङ जिल्लाका पशुपालक किसानहरुलाई समेत बिरुवा वितरण गर्नुभएको थियो । उहाँले राज्यको लगानीमा उत्पादन गरि निःशुल्क वितरण गरिएका डालेघाँसका बिरुवाहरु खेर नजाने गरि राम्रोसँग रोपेर फाइदा लिन उहाँले अनुरोध गर्नुभयो । उहाँले भूक्षय, पहिरो रोक्ने खालका विरुवा मात्र नभई आयार्जन गर्ने खालका विरुवा समेत उत्पादन गर्न आग्रह गर्नुभयो ।

पर्वतमा भु तथा जलाधार व्यवस्थापन कार्यालयसँगै डिभिजन वन कार्यालय, जिल्लाका सातवटै स्थानीय तह, कृषि ज्ञान केन्द्र लगायतले पनि घाँस तथा फलफुलका विरुवा वितरण गर्दै आएपनि उचित संरक्षण हुन नसक्दा पर्याप्त लाभ लिन सकेको पाईदैन । पर्वत स्थानीय तहहरुले पनि ५० देखि ७५ प्रतिशत सम्मको अनुदानमा फलफुलका विरुवा वितरण गरिरहेका छन् ।

Back to top button