बाग्लुङमा डाेजरकाे ठक्करबाट एक जना बालककाे ज्यान गयाे

बाग्लुङ – बाग्लुङको बडिगाडमा सडक खन्ने क्रममा डाेजरको ठक्करबाट एक जना बालकको ज्यान गएकाे छ।

बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा डाेजरकाे ठक्करबाट स्थानीय भानबहादुर घर्तीका १४ वर्षीय छोरा सुनिलको हिजाे बेलुका ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो।

डाेजर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाइएको छ।

Back to top button