दैलेखमा १७ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबुलाई ३३ वर्ष कैद सजाय

दैलेख – आफ्नै छाेरीलाई बलात्कार गरेकाे कसुरमा दैलेख जिल्ला अदालतले ५० वर्षका एक पुरुषलाई ३३ वर्षकाे कैद सजाय सुनाएकाे छ ।

जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासमा सोमवार हिजाे यस्ताे फैसला भएको सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिनुभयो।

गएको चैत १ गते १७ वर्षीया छाेरीलाई बलात्कार गरेको भन्दै चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको थियो । बालिकाको स्वास्थ्य परीक्षण समेत चैत २१ गते नै भएको थियो ।

बलात्कार गरेको पुष्टि भएपछि हाडनाता करणीमा २५ वर्ष र पीडितको उमेर अनुसार हुने बलात्कार सजायमा ८ वर्ष समेत थपेर कसुरदारलाई ३३ वर्ष कैदकाे सजाय सुनाइएकाे अदालतको फैसलामा उल्लेख छ ।

सोमवार हिजाे भएको सजाय निर्धारण पेशीमा पीडितको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतले बहस गर्नुभएको थियो ।

Back to top button