जलजला गाउँपालिकाको बजेट ४७ करोड १० लाख

पर्वत । पर्वतको जलजला गाउँपालिकाले आगमी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।गाउँपालिका केन्द्र लामाखेतमा विहिवार साँझ सम्पन्न भएको १४ औं गाउँभसाको तेस्रो वैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको बजेट पारित भएको हो ।

उपाध्यक्ष आचार्यले ४७ करोड १० लाखको बजेट प्रस्तुत गर्नुभएको थियो । बजेटमा संघीय सरकारको ४२ करोड १६ लाख पचास हजार,प्रदेश सरकारको दुई करोड ८१ लख २८ हजार,दुई करोड १२ लाख २२ हजार र चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने रकमलाई बजेटको स्रोत मानिएको छ ।
संघीय सरकारको अनुदान घटेको र सर्वोच्च अदालतको आदेशका कारण मुख्य आम्दानीको स्रोत कालिगण्डकीको बगर ठेक्का लगाउन नपाएका कारण आम्दानीमा परेको असर बजेटमा देखिएको उपाध्यक्ष आचार्यले बताउनुभयो ।गण्डकी प्रदेश सरकारको साझेदारीमा वडा नम्बर ८ को सडक निर्माणमा सवैभन्दा बढी दुई करोड र संघीय सरकारको साझेदारीमा वडा नम्बर ७ धाईरिङको गण्डकी गोपाल गौशाला निर्माणमा एक करोड ६० लाख विनियोजन गरिएको छ ।

गाउँपालिकाको अस्थायी संरचना र कोल्डस्टोर भवन बनाउन जग्गा खरिदका लागि एक करोड ६० लाख रुपैयाँ विनियोजन भएको छ । वडा नम्बर १,२,३,४,६,७ र ८ ले सिफारिस गरेका वडा स्तीय योजनलाई ४०र४० लाख र वडा नमबर ५ लाई ४५ लाख र ९ नम्बर वडालाई ३७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । वडा कार्यालय भवनको वाँकी भुक्तानी दिन १५ लाख,गाउँपालिकाको भैपरी पूर्वाधार शिर्षकमा २० लाख,वर्थीङ सेन्टरको भवन निर्माण साझेदारीमा १४ लाख २० हजार,एम्बुलेन्स सञ्चालन गर्न ५ लाख,विपन्नको स्वास्थ्य विमाका लागि ९ लाख,महिला स्वयसेविकालाई यातायात खर्च सात लाख असी हजार,ग्राम प्रकाश माविमा बालि विज्ञान विषय पढ्ने विद्यर्थीको छात्रवृत्तीका लागि तिन लाख २४ हजार विनियोजन गरिएको उपाध्यक्ष आचार्यले बताउनुभयो ।

यसैगरी गाईगोरु पाल्ने किसानलाई अनुदान दिन ८ लाख,पशु विमाका लागि ३ लाख,कृतिम गर्भाधानमा अनुदान दिन दुईलाख,आलु खेतीको कार्यक्रमलाई ३५ लाख,विपद् तथा निजी आवास भुक्तानीमा ४० लाख,रुपान्तरणीय सामाजिक परिचालनद्धारा वडा विकास कार्यक्रमलाई ३० लाख विनियोजन गरिएको छ ।गाउँसभाको सुरुवातमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध गरेपछि साँझपख सहमति जुटाएर बजेट ल्याइएको हो ।

Back to top button