जलजला गाउँपालिकाको एक वर्ष : शिक्षामा उल्लेखनीय सुधार

पर्वत । जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले निर्वाचित भएको एक बर्षमा उल्लेखनीय काम गरेको दावी गरेका छन् । निर्वाचित भएसँगै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा जोड दिएका आचार्यले गाउँपालिकाको विकास निर्माण सँगै शिक्षा क्षेत्रमा आमुल परिवर्तन गरिएको र नमुना कार्यहरु भएको उल्लेख गरेका छन् ।

निर्वाचित भइसके पश्चात शिक्षा क्षेत्रमा भएका केहि नमुना कार्यहरु यसप्रकार छन् ।

१. शिक्षा समिति तथा गाँउ शिक्षा समिति गठन भई नियमित बैठक बसी आबस्यक कार्यहरु गर्दै आएको ।

२. अन्तर बिद्यालय बक्तृत्वकला प्रतियोगिता सञ्चालन तथा पुरस्कार बितरण कार्य सम्पन्न ।

३. जनप्रतिनिधि सहितको अनुगमन टोलि सबै बिद्यालयहरुमा पुगी अनुगमन तथा बिद्यार्थि सत्यापन गर्ने कार्य

४.९ वटै वडामा पुगी वडाध्यक्ष, जनप्रतिनिधिहरु, शिक्षाप्रेमी, शैक्षिक सरोकारवालाहरुसंग शैक्षिक गुणस्तर बृद्दी गर्न शैक्षिक अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको ।

५. दरबन्दी रिक्त रहेका बिद्यालयहरुमा नियमानुसार करार पदपुर्ति गर्ने कार्य गरेको ।

६. स्थायी नियुक्ति लिएर पालिकामा आएका शिक्षकहरुको पदस्थापनाको कार्य गरिएको ।

७. पालिकाका सबै ४७ वटै बिद्यालयहरुमा अध्ययन गर्ने कक्षा-३,५,८ र १० का बिद्यार्थिहरुको पहिलो पटक मिति २०७९/०८/१५ गते उपलब्धि मापन परिक्षा सञ्चालन गरी नतिजा प्रकाशन तथा बिश्लेषण गरिएको ।

८. पहिलो पटक ९ वटै वडाका युवाहरुलाई आमन्त्रण गरी नमुना युवा संसद अभ्यास कार्यक्रम सञ्चालन गरिएको ।

९. स्थानीय पाठ्यक्रम कक्षा १ देखि ८ सम्म निर्माण गरी लागु गर्न लागीएको ।

१०.पालिकामा नै पहिलो पटक शैक्षिक क्यालेन्डर निर्माण गरिएको र क्यालेन्डर अनुसारका शैक्षिक कार्यक्रमहरु लागु गर्न लागिएको ।

११. पहिलो पटक राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गरिएको र जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा गाउँपालिका तृतीय स्थान हाँसिल गर्न सफल भएको छ भने प्रदेश स्तरमा १० जना खेलाडी छनौट हुन सफल भएको ।

१२. पालिकास्तरिय कक्षा ८ को परिक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरि ग्रेड सिट र सर्टिफिकेट बितरण गरिएको ।

१३. सम्पुर्ण प्र.अ. तथा शैक्षिक सरोकारवालाहरुसंग शैक्षिक गतिबिधिहरुको बिषयमा २ दिने छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको ।

१४. प्र.अ. तथा लेखा कर्मचारीहरुको लागी १ दिने लेखा ब्यबस्थापन सम्बन्धी तालिम कार्यक्रम सम्पन्न गरिएको । १५ पालिकाको समग्र.शैक्षिक गुणस्तर बृद्धी गर्न CTF नेपाल संग २ बर्षे करार सम्झौता गरिएको र सो अनुसार कार्य गरिदै आएको ।१६.४४ वटै विद्यालयमा बालकक्षा ब्यबस्थापन अन्तर्गत (भित्ते लेखन) का कार्यहरु सम्पन्न गरिएको ।

१७. शिक्षकहरुका लागी ICT सम्बन्धी १ (एक) महिने तालिम कार्यक्रम सम्पन्न भैसकेको र छिट्टै नै परिक्षा सञ्चालन गर्न लागिएको ।

१८. बालबिकास सहजकर्ताहरुलाई ५ दिने शैक्षिक सामाग्री निर्माण सम्बन्धी तालिम कार्यक्रम सम्पन्न भएको

१९. कक्षा-८,९ र १० का बिद्यार्थिहरुको थप शैक्षिक गुणस्तर बृद्धि गर्नको लागी प्रतिबिद्यार्थि रु.१०००/- का दरले Tuition fee उपलब्ध गराईएको जसको नतिजा सकारात्मक पाईएको।

२०. चौमासिक रुपमा उपलब्ध हुदै आएको शिक्षकहरुको तलब भता मासि रुपमा निकाशा गरिएको ।

२१. सुत्केरी भएका शिक्षकहरु बिदा बसेको अबधिमा सट्टा शिक्षकको ब्यबस्थापन गरिएको ।

२३. स्वयम् सेबक शिक्षकको ब्यबस्था गर्नको लागी गाउँ शिक्षा समितिबाट निर्णय गरि कार्यान्बयनमा ल्याईएको ।

२४. ग्राम प्रकाश मा.बि., जलजला-५ मा प्राबिधिक शिक्षा (बालि बिज्ञान) को लागी कक्षा ९ मा अनुमति प्रदान गरिएको ।

२४ ग्राम प्रकाश मा.बि जलजला , ५ मा प्राबिधिक शिक्षा ( बालि विज्ञान) को लागि कक्षा ९ मा अनुमति प्रदान गरिएको र अध्ययन गर्ने बिद्यार्थिहरुको लागी मासिक ३०००/- का दरले छात्रबृति दिने निर्णय गाउँ शिक्षा समिति बाट गरिएको ।

२५. गाउँ शिक्षा समितिबाट निर्णय गरि बिद्यार्थि संख्याको आधारमा शिक्षक ब्यबस्थापनको मापदन्ड निर्धारण गरी दरबन्दी मिलान तथा कक्षा घटाउने कार्यहरु सुरु गर्न लागिएको ।२५. स्थानीय पाठ्यक्रम (कक्षा १-८) सम्म निर्माण गरी लागु गरिएको ।

२६. मिति २०८०/०३/०३ र ४ गते IEMIS ट्रेनिङ्ग सम्पन भएको।

Back to top button