अखिल क्रान्तिकारीद्धारा ३० जना विद्यार्थीलाई शैक्षिक सामग्री

पर्वत । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) जिल्ला समिती पर्वतले ३० जना विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेको छ ।जिल्लाको जलजला गाउँपालिका वडा नं. ८ मा रहेको जनाजागृती प्राविमा रहेका बिध्यार्थीहरुलाई एक कार्यक्रम मार्फत सामग्री वितरण गरेको हो ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि केन्द्रिय सचिव विजय प्रकाश सापकोटाले विद्यार्थीको हकहितका लागि लड्ने सङ्गठन अखिल (क्रान्तिकारी) भएकाले सम्पूर्ण विद्यार्थीको आवाजलाई बुलन्द पार्न क्रियाशील र समर्पित भएर लाग्नुको विकल्प नरहेको बताएका थिए ।
अखिल (क्रान्तिकारी)ले जिल्लामा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आईरहेको छ । सार्वजनिक विद्यालयहरूमा शैक्षिक सामग्री वितरण अभियान जिल्ला भरीका बिद्यालयमा संचालन गरिने कार्यक्रम अध्यक्ष पबित्र नेपालिले बताउनु भयो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला समिति, पर्वतले आयोजना गरेको सार्वजनिक विद्यालयहरूमा शैक्षिक सामग्री वितरण अभियानमा अखिल (क्रान्तिकारी) को गुप्तेश्वर बहुमुखी क्याम्पस स्ववियु कोषाध्यक्ष पवित्रा नेपालीको अध्यक्षता, केन्द्रिय सचीव बिजय प्रकाश सापकोटाको प्रमुख आतिथ्यता, स्वास्थ बिभाग प्रमुख सन्दिप नेपालीको सन्चालन र जिल्ला सदस्य राजेन्द्र नेपालीको स्वागत मन्तव्य सहित विद्यार्थी अभिभावकको उपस्तिथिमा शैक्षिक सामाग्री बितरण कार्यक्रम सम्पन्न ।

Back to top button