फर्से धाइरिङ माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न

पर्वत ।जलजला गाउँपालिका ७ मा रहेको फर्से धाइरिङ माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको जलजला गाउँपालिका वडा नम्वर ७ मा अवस्थित विद्यालयमा छात्रवृत्ती, पुरस्कार एवं शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको हो ।
गाउँपालिकाले शिक्षालाई महत्व दिनथालेपछि   विद्यालयमा विभिन्न शैक्षिक तथा खेलकुद र साँस्कृति कार्यक्रम हुन थालेका छन् ।
कार्यक्रममा बोल्दै जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले राष्टको आवश्यकता र समाजको माग अनुसार शिक्षा क्षेत्रलाई जोड दिएको बताउनु भयो ।
उहाँले गाउँपालिकाले परिकल्पना गरे अनुरुप ‘नमुना शिक्षा गाउँ’  भिजन अन्तर्गत आधुनिक विश्व परिवेश सुहाउँदो शिक्षण सिकाईलाई प्राथमिकता दिएको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका आचार्यले विद्यार्थीलाई नविनतम प्रविधि सँग जोड्नको लागि विद्यालयलाई १३ वटा ल्यापटप वितरण गर्नुभएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जलजला गाउँपालिकाका उपध्याक्ष दिपक आचार्य लगायतका जनप्रतिनिधि, अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
उक्त अवसरमा विद्यालयलाई अभिभावकको फोन नम्वर सहितको गृह डायरी, विद्यालयलाई १३ वटा ल्यापटप र प्रिन्टर लगायतका सामग्री प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक मुकुन्दप्रसाद आचार्यले जानकारी दिनुभयो । उक्त कार्यक्रमको संचालन शिक्षक डिल्लिराम पौडेलले गर्नुभएको थियो ।
Back to top button