कुश्माको एक विद्यालयमा छ जना शिक्षक ११ जना बिद्यार्थी

पर्वत । पर्वतको कुश्मा नगरपालिका ९ को कटुवाचौपारीमा रहेको एक बिधालय मा ६ जना शिक्षकले ११ जना बिद्यार्थी पढाउदै आएका छन । स्थानिय जनप्रिय प्राथमिक बिधालयमा बिद्यार्थी र शिक्षक बराबर छन ।

कक्षा एकमा २ जना, २ मा ३ जना, ४ मा ६ जना, ५ मा शून्य बिद्यार्थी छन । बिगतमा भरिभराउ रहेको बिधालय अहिले खाली भएको हो । अभिभावकहरुको अङ्ग्रेजी मोहका कारण बिद्यार्थी घटेको प्रधानाध्यापक कमला शर्माले जानकारी दिनुभयो ।

नजिकैको बोर्डिङ र सदरमुकाममा रहेका बोर्डिङमा बिद्यार्थी जान थालेपछि बिधालय खाली भएको हो । कुनै बेला गुणस्तरीय शिक्षा र बिद्यार्थीको संख्या धेरै हुँदा पुरस्कार पाएको यो बिधालय अहिले समस्यामा परेको हो । स्थानीय अभिभावकहरुले बिधालयप्रती चासो नदिएको सरोकारवाला बताउछन ।

Back to top button