काँग्रेस नेतृ क्षेत्री नेपाल महिला संघको केन्द्रीय सदस्यमा मनोनित

पर्वत। नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि एवम् महिला नेतृ राधा कुमारी कुवँर क्षेत्री नेपाल महिला संघ केन्द्रीय तदर्थ कार्य समितिको सदस्यमा मनोनित हुनुभएको छ ।

नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले उषा रावत मिश्रको अध्यक्षतामा गठित नेपाल महिला संघको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा क्षेत्री सहित ५२ जनालाई मनोनित गर्नुभएको हो ।

केन्द्रीय समितिले पर्वतबाट राधाकुमारी कुवँर क्षेत्री मात्र मनोनितमा गरेको । क्षेत्री नेपाली काँग्रेस पर्वतकी महिला नेतृ हुन् । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा स्वतन्त्र उम्मेदवारी दिएर महाधिवेशन प्रतिनिधि बनेकी क्षेत्री १४ औँ महाधिवेशनमा सर्वाधिक मत लिएर बिजय हुनुभएको थियो ।

नेपाली काँग्रेसको सक्रिय राजनिति सँगै विभिन्न संघसस्थामा आवद्ध क्षेत्रीले सामजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल हुनुहुन्छ । भावी दिनमा नेपाली काँग्रेस पर्वतको नेतृत्वलाई हाक्न सक्ने क्षमता भएको नेतृको रुपमा पनि उनलाई हेरिएको छ ।

Back to top button