जलजलामा मेलमिलाप सम्बन्धि तालिम शुरु

पर्वत । जिल्लाको जलजला गाउँपालिकामा मेलमिलाप सम्बन्धि ४८ घण्टे तालिमको शुरुवात भएको छ । गाउँपालिकाको आयोजनामा मेलमिलाप सम्बन्धि आधारभूत तालिमको शुरुवात भएको हो । जेठ १८ गते देखि शुरु भएको तालिम आगामी जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।

ग्लोबल एडभोकेसी नेपालको सहजीकरणमा सञ्चालन हुने तालिमकको एक कार्यक्रमका वीच औपचारिक रुपमा शुरुवात भएको छ । तालिमको उदघाटन कार्यक्रममा जलजला गाउँपालिकाका पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधिस आनन्दप्रसाद श्रेष्ठले समाजमा हुने झैझण्डाहरु मेलमिलापको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

उदघाटन कार्यक्रममा विशिष्ट अतिथि म्याग्दी जिल्ला अदालतका जिल्ला न्यायाधीश कृष्णप्रसाद नेपाल, गाउँपालिका उपाध्यक्ष दिपक आचार्य, पर्वत जिल्ला अदालतका स्रेस्तेदार श्री राजु ढुंगाना, जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदी लगाएको उपस्थिती थियो ।

कार्यक्रमका अतिथिहरुले सहभागीहरुलाई तालिमलाई ब्यवहारिक जीवनमा उतार्ने गरी तालिमका विषयवस्तुहरु ग्रहण गर्न सुझाब दिएका थिए । तालिममा गाउँपालिकाका न्यायिक समितिका सदस्य, प्रत्येक वडाबाट वडाध्यक्ष सहित (एक जना महिला अनिवार्य) ४ जना, पालिकाका कर्मचारीहरु सहभागी छन् ।

Back to top button