पर्वत पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

पर्वत । पर्वत जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका सातै स्थानीय तह लाई पहिलो चरणमा पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेर अन्तिममा जिल्लालाई नै घोषणा गरिएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । स्वास्थ्य कार्यालय पर्वतले आज समारोह आयोजना गरि पर्वत जिल्लाका सबै बालबालिका लाई सबै खोपको पहुँच पुगेर सुनिश्चित गर्दै पूर्ण खोप तथा दिगोपना सुनिश्चितता भएको घोषणा गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विकको अध्यक्षतामा जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रदेश स्तरीय स्वास्थ्य संस्थाका प्रमुख तथा जिल्लाका स्वास्थ्यकर्मी र सरोकारवालाहरुको भेला डाँकेर घोषणा सभा सम्पन्न गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो ।

जिल्लाभरका जन्मेदेखि १५ महिनाका २ हजार २ सय २७ जना र १६ महिनादेखि ५९ महिनाउमेरका ६ हजार ४ सय ७ जना बालबालिकाले प्राप्त गर्नुर्ने खोप लगाएको जिल्ला खोप अनुगमन समितिको रिपोर्ट प्राप्त भएको छ । पर्वत जिल्लामा रहेका सबै ६१ वडाका १ सय ८३ खोप केन्द्र तथा १ सय ८७ खोप सेसनवाट वर्षेनी करिब २ वर्ष मुनिका ४ हजार बालबालिका र पाँच वर्ष मुनिका छुट भएका बालबालिकालाई खोप दिईदै आएको स्वास्थ्य कार्यालयका प्रमुख पौडेलले बताउनुभयो ।

जन्मेदेखी १५ महिना भित्रका वालवालिका लाई १३ वटा रोगबाट जोगाउन ७ प्रकारका विभिन्न खोपहरु खोप केन्द्रमार्फत लगाउने गरिएको छ । यस क्षेत्रको स्वास्थ्यको गतिविधि निरीक्षण गर्दै आएको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिब डा. विनोदविन्दु शर्माले पर्वत जिल्लाले पूर्ण खोप सुनिश्चिततामा ठूलो सफलता प्राप्त गरेको भन्दै अभियान सफल भएकोमा बधाई दिनुभयो । उहाँले आगामी दिनमा पनि पूर्ण खापेको अभियानलाई जारी राख्न शर्माले अनुरोध गर्नुभयो । बालबालिकाको खोप पाउनुपर्ने नैसर्गिक अधिकार रहेको शर्माले बताउनुभयो ।

उक्त कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमखु रामचन्द्र जोशी, उपप्रमुख स्वस्थानी रिजाल, फलेवास नगरपालिका उपप्रमुख शोभाकुमारी क्षेत्री, पैंयु गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी, बिहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङ, मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछाने प्रमुख जिल्ला अधिकारी प्रेम आचार्य, नेकपा एमाले पर्वतका उपाध्यक्ष पदमपाणी शर्मा, सचिव गोबिन्द पहाडी लगायत सहभागी हुनुहुन्थ्यो । पुर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने सातवटै पालिकाका प्रमुख तथा स्वास्थ्य संयोजकलाई सम्मान गरिएको थियो भने उत्कृष्ट सामुदायिक महिला स्वास्थ्य कर्मीहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमको स्वागत कोलचेन अधिकृत जयन्द्रमान गुरुङले गर्नुभएको थियो सञ्चालन स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाईजर नारायण रेग्मीले गर्नूभएको थियो ।

Back to top button