पर्वत जिल्लाका युवा नेता डाक्टर सुवेदी भेटनरी एसोसियशनको महासचिवमा सर्वाधिक मत सहित विजय

पर्वत । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी एवम् नेपाली काँग्रेस पर्वतका लोकप्रिय युवा नेता डाक्टर केदार सुवेदी नेपाल भेटेरिनरी एसोसिएसनको महासचिवमा अत्याधिक मत सहित बिजय हुनुभएको छ ।

नेपालका भेटनरी डाक्टरहरुको छाता संगठन नेपाल भेटनरी एसोसियशनका नयाँ नेतृत्वको शुक्रवार र शनिवार काठमाडौंमा सम्पन्न एशोसिएसनको केन्द्रिय कार्यसमितिको अधिवेशनमा डाक्टर केदार सुवेदी महासचिव पदमा निर्वाचित हुनुभएको हो ।

डाक्टर सुवेदी नेपाल भेटनरी एसोसियशनको निर्वाचनमा महासचिव पदमा सर्वाधिक मत लिएर विजय हुनुभएको हो । सुवेदीले ४९० मत ल्याउदा उहाँका प्रतिष्पर्धी डाक्टर योगेन्द्रराज पन्तले १४८ मत पाउनु भएको थियो ।

डाक्टर सुवेदी पर्वत जिल्लाका लोकप्रिय युवा नेता हुन् । नेपाल विद्यार्थी संघका नेता समेत रहेका सुवेदी पर्वत जिल्लाका विभिन्न आन्दोलनमा अग्रमोर्चामा खटिने नेता मध्ये पर्नुहुन्छ ।

Back to top button