पर्वतको पैयुँमा बृहत् सेवा सहितको निशुल्क स्वास्थ शिविरको हुँदै

पर्वत। पर्वतको पैयुँ गाउँपालिकामा बृहत् सेवा सहितको स्वास्थ शिविरको आयोजना हुने भएको छ । जसका लागि तयारी सुरु गरिएको छ । पैयुँ गाउँपालिकाले यहि जेठ १३ गते शनिवार शिविरको आयोजना गरेको जनाएको छ ।

वि.पी कोइराला ममोरियल क्यान्सर अस्पताल चितवन, जिल्ला आयुर्वेद कार्यालय पर्वत, हिमालय आँखा अस्पताल पोखरा, मौलाकालिका अस्पताल प्रा.लि चितवन र रोटरी क्लव अफ नारायणी मिडटाउन चितवनको सहयोग तथा समन्वयमा शिविरको आयोजना गरिएको हो ।
पैयुँ गाउँपालिका–४ अन्तर्गत हुवास स्वास्थ्यचौकीमा सञ्चालन हुने शिविरमा नाक, कान, घाँटी सम्बन्धि उपचार, आयुवेद, आँखा, दाँच र छाला सम्बन्धि सेवा, हाडजोर्नी तथा नशारोग, बाल रोग, पेट, छाती तथा मुटुरोग स्त्रीरोग लगायत विभिन्न रोगको निशुल्क उपचार गरिन्छ । शिविर एक दिनमात्र संचालन हुनेछ ।

बिहान ८ बजेबाट शुरु हुने शिविर बेलुका ८ बजेसम्म संचालन हुनेछ । यस भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले गाउँपालिकाले यस खालका शिविर सञ्चालन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव लामिछानेले बताए । गाउँमै अस्पताल नहुँदा विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्दा धेरैले राहतको अनुभव गर्ने लामिछानेको भनाई छ ।

बढी रकम तिरेर स्वास्थ्य उपचारका लागि अन्यत्र जानुपर्ने अवस्थाको न्यूनीकरण गर्न पनि पैयुँवासीका लागि यो शिविर उचित हुने गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ ले बताए । “गाउँपालिकाभित्रका सबै नागरिकलाई आफ्नै गाउँठाउँमा स्वास्थ्य सेवा दिन शिविरको आयोजना गरिएको हो”, उनले भने, “नागरिकको स्वास्थ्यलाई ख्याल राख्दै आगामी वर्ष पनि स्वास्थ्य शिविर सञ्चालन भैराख्ने छन् ।”
गाउँमा विशेषज्ञ डाक्टर सहितको निशुल्क स्वास्थ्य शिविर हुनेभएपछि स्थानीयवासी खुशी भएका छन् । गाउँस्तरमा स्वास्थ्य शिविर सञ्चालन हुने भएकाले जनप्रतिनिधि भएको महसुस गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

Back to top button