बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

पर्वत। पर्वत जिल्ला पैञ्यु गाउँपालिका वडा नं. ३ बेउलिबासकी ९ बर्षीया बालिकालाई ०८० बैशाख ६ गते यौन दुव्र्यबहार गरेको आरोपमा पैञ्यु गाउँपालिका वडा नं. ३ बेउलीबासकाका ५६ बर्षिय तेजराम काफ्लेलाई जिल्ला प्रहरी कार्यालय पर्वतले बैशाख २४ गते आरोपित कै घरबाट गिरफ्तार गर्‍यो ।

पिडित बालिकाकी आमाले बैशाख २४ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएपछि सोही दिन प्रहरी आरोपितलाई नियन्त्रणमा लियो । आरोपित काफ्ले अहिले प्रहरी हिरासतमा अनुसन्धानको क्रममा छन् । पिडित बालिकाको स्वास्थ्य परीक्षण बैशााख २४ गते पर्वत अस्पतालमा सम्पन्न भयो ।

Back to top button