कुश्मा नगरपालिका पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा

पर्वत । कुश्मा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । कुश्मा नगरपालिकाको आयोजनामा शुक्रवार भएको एक कार्यक्रममा कुश्मा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा गरिएको हो ।
जन्मेदेखी १५ महिना भित्रका वालवालिका लाई १३ वटा रोगबाट जोगाउन ७ प्रकारका खोप लगाइएको सुनिश्चित गर्दै पूर्ण खोप सुनिश्चित गरिएको हो ।
नगरप्रमुख रामचन्द्र जोशीले पूर्ण खोप सुनिश्चित सम्बन्धी प्रतिवद्द्ता पत्रमा हस्ताक्षर गर्दै नगर लाई पुणर् खोप सुनिश्चित घोषणाले नगरका वालवालिका रोगबाट जोगिने अपेक्षा रहेको बताउनुभयो । घोषणाले मात्रै सबै कुराको प्राप्ती नहुने बताउदै जोशीले आगामी दिनमा जन्मिने सवै वालवालिका लाई खोप लगाउन अभिभावकले ध्यान दिन अनुरोध गर्नुभयो ।नेपालको संविधान बाट नै आधारभुत स्वास्थ्य सेवा नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरिएकोले लक्षित वर्ग लाई खोपको सुनिश्चित गर्न जरुरी रहेको जोशीले बताउनुभयो ।

उपप्रमुख स्वस्थानी रिजालले खोप जिवनकै महत्वपुणर् विषय रहेको उल्लेख गर्नुभयो । कोभिडको त्रास लाई खोपका कारण समाधान गर्न सकिएको भन्दै उहाँले वालवालिका लाई लगाउने खोपले पनि सुरक्षा प्रदान गर्ने बताउनुभयो । खोप सुनिश्चितताको लागि स्वास्थ्यकर्मीको भुमिकाको प्रसंशा गर्नुभयो ।
कार्यक्रममा सामाजिक विकास समितिका संयोजक ईश्वर गिरीले वालवालिकाले खोप पाउनुपर्ने नैसर्गिक अधिकार रहेको हुनाले वालवालिका लाई खोजिखोजी खोप लगाउन सचेत गराउनुभयो ।उक्त कार्यक्रममा स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर नारायण रेग्मी, दुर्लुङ स्वास्थ्यचौकिका इन्चार्ज सुरेश सुबेदी, कुश्मा नगरपालिकाको स्वास्थ्य शाखाका सिनिअर अहेव दुर्गा सापकोटा लगायले बोल्नुभएको थियो ।पुणर् खोप सुनिश्चितता घोषणा अभियानमा खटिएका स्वास्थ्यकर्मी र वडा खोप समन्वय समितिका अध्यक्ष एवं वडाध्यक्षलाई सम्मानपत्रले सम्मान गरिएको थियो । कार्यक्रमको सन्चालन स्वास्थ्य शाखाका प्रमुख यामप्रसाद शर्माले गर्नुभएको थियो ।

?कुश्मा नगरपालिकाका १४ वटा वडाका ३६ वटा खोप केन्द्र र ३८ वटा खोप सेसनबाट प्रत्येक महिना खोप सेवा प्रदान गरिदै आएको छ ।

Back to top button