भवानी विद्यापीठ माविको ७० औं वार्षिकोत्सव सम्पन्न

पर्वत। फलेवास नगरपालिका ५ खानिगाउँमा अवस्थित भवानि विद्यापिठ माध्यमिक विद्यालयको ७० औँ वार्षिकोसत्सव समारोह सम्पन्न भएको छ । सोमबार मुल समारोहका साथ वार्षिकोत्सव सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार रेग्मिले जानकारी दिनुभयो ।

पर्वत जील्लाको पुरानो र नमुना विद्यालयका रुपमा परिचित उक्त विद्यालयमा कक्षा १२ सम्म शिक्षा शास्त्र संकाय, व्यवस्थापन तथा विज्ञान विषयको पठनपाठन हुने बताईएको छ । प्रमुख अतिथिको रुपमा वोल्दै सघिय सांसद पदम गिरीले उक्त विद्यालयको उच्च प्रसंसा गर्नुभएको थियो । ग्रामिण भेगमा अवस्थित विद्यालयले गुणस्तरमा आफ्ना विद्यार्थीहरुलाई सक्षम बनाएर नमुना बन्न सफल भएकोमा खुसि व्यक्त गर्नुभयो ।
शिक्षाले मानव जीवनको गुणस्तरीयताको मापन गर्ने हुँदा अहिलेको आवश्यकता अनुसार समानुकुल र गुणस्तरीय शिक्षा हुनुपर्ने भन्दै सांसद गिरीले प्राविधि शिक्षामा जोड दिन आग्रह गर्नुभयो । साथै उहाँले विद्यालयको स्तरोन्नतीका लागि आफ्नो स्थानबाट उच्च प्राथमिकताका साथ पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै संविधानसभा सदस्य तथा गण्डकी प्रदेशका पुर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले भवानि विद्यापिठ माविले शिक्षा क्षेत्रमा गरेको प्रगति प्रसंसयोग्य रहेको बताउनुभएको थियो । वाल्यकालमा आफुले पढेको विद्यालयले आफ्नो क्षवी उच्च राख्दै आएको र भावि दिनहरुमा पनि शैक्षिक गुणस्तरमा प्रतिश्पर्धा गर्न सक्ने किसिमको परिपाटि रहिरहने विश्वास व्यक्त गर्नुभयो ।

साथै उहाँले राज्यले यस्ता खाले विद्यालयहरुलाई खोजी गरी शिक्षामा लगानि बढाउनुपर्नेमा जोड दिनुभयो । गुणस्तरीय शिक्षाको खाजीमा गाउँबाट सहरमा बसाइसराईं गर्नेको संख्या बढेको भन्दै लम्सालले अहिलेको आवश्यकता अनुसार वैज्ञानिक,प्राविधिक तथा रोजगारमुलक शिक्षामा ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा बोल्दै गण्डकि प्रदेश सभाका सांसद मित्रलाल बस्यालले शिक्षाको सुधार गर्ने जिम्मेवारी प्रदेश सरकारको पनि भएको अवगत गराउनुभएको थियो । यस क्षेत्रका विद्यालयको शैक्षिक गुणस्तर उकास्नको निम्ति फरक खालका नीति तथा कार्यक्रम ल्याउन आफुले प्रदेश सरकारमा प्रस्ताव राख्ने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले पर्वत जिल्लाको गहनाको रुपमा स्थापित भएको यो विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नको निम्ति नगरपालिकाले आवश्यक कदम चाल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँले नयाँ प्रविधि तथा शिपमुलक शिक्षामा पालिकाले विद्यालयहरुसंग सहाकार्य गरी सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने उपायहरुको खोजीमा लाग्ने बताउनुभयो । कार्यक्रममा फलेवास नगरपालिकाकी उप–प्रमुख शोभा कुमारी क्षेत्री, निवर्तमान नगरप्रमुख पदमपाणी शर्मा लगायतले शैक्षिक गुणस्तर उकास्नको लागि समयानुकुलको शैक्षिक परीपाटिको विकास गर्नुपर्नेम जोड दिनुभएको थियो । कार्यक्रममा विभिन्न गरिब तथा जेहन्दार विद्यार्थीहरुका लागि छात्रावृत्ती वितरण गरिनुका साथै फरक फरक विधाबाट पुरस्कार प्रदान गरीएको थियो ।

वार्षिकोत्सवको अवसरमा विद्यालयमा सप्ताहव्यापी रुपमा विभिन्न प्रकारका कार्यक्रमहरु आयोजना गरीएको थियो । विद्यार्थिहरुले कार्यक्रमलाई मनोरञ्जन प्रदान गर्नको निम्ति विभिन्न साँस्कृतिक प्रस्तुतिहरु समेत प्रदर्शन गरका थिए । कार्यक्रममा विभिन्न राजनैतिक दलका पदाधिकारी, जनप्रतिनिधि,समाजसेवी, विभिन्न संघ सँस्थका पदाधिकारी, पूर्व विद्यार्थी एवम अभिभावकहरुको उल्लेखनिय सहभागिता हेको थियो ।
विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार रेग्मिले कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दै विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोयनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शिक्षक कृष्णराज पौडेलले गर्नुभएको थियो ।

Back to top button