जलजला गाउँपालिकाले सार्वजानिक स्थानमा मदिरा तथा सुर्तिजन्य पदार्थ प्रतिबन्ध

पर्वत । जलजला गाउँपालिकाले सार्वजानिक स्थानमा सुर्ती र सुर्तीजन्य वस्तुको बिक्री वितरण तथा प्रयोगमा रोग लगाउने भएको छ । सरकारले शिक्षण संस्थाको एक सय मिटर वरपर चुरोट लगायत सुर्तीजन्य वस्तु विक्री गर्न प्रतिबन्ध लगाएको भएपनि सम्बन्धित निकायको अनुगमन तथा नियमन नहुँदा निषेध कार्यक्रम प्रभावकारी हुन सकेको थिएन ।

जलजला गाउँपालिकाकाले एक सुचना जारी गदै विद्यालय, मठमन्दिर आसपास क्षेत्र (१०० मि.) भित्र मदिरा तथा सुर्तिजन्य पदार्थको व्यापार नगर्नु तथा नगराउनुहुन अनुरोध गरेको छ । यदी कहि कतै सो क्षेत्र भित्र व्यवसाय सञ्चालन गरिरहनु भएका व्यवसायीले अन्य वैकल्पिक स्थानमा सञ्चालन गर्न समेत आग्रह गरेको छ ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले विद्यालय क्षेत्र भित्र सुर्तीजन्य तथा मादक पदार्थ सेवन गर्ने क्रियाकलापले विद्यार्थीमा नकरात्मक असर पर्ने बताउनु भयो । पछिल्लो समय गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा ध्यान दिएको बताउँदै सुर्तीजन्य पदार्थ सामग्रीको प्रयोगले स–साना विद्यार्थीमा लत बस्ने र भविष्यमा गम्भीर असर पार्ने हुँदा विद्यालय क्षेत्रको करिब १०० मिटर वरपर बेचबिखन नगर्न सचेत गराइएको आचार्यको भनाई छ ।

गाउँपालिका विद्यालय वरपर सुर्तीजन्य र मादक पदार्थ निषेध क्षेत्र बनाउन लागि परेको छ । विद्यार्थीहरुलाई सुर्तीजन्य र मादक पदार्थको लतबाट टाढै राख्नका लागि उक्त अभियानको थालनी गरिएको आचार्यले बताउनु भयो । विद्यालय वरपर खुलेआम सुर्तीजन्य र मादक पदार्थको बिक्री वितरण हुन थालेको गुनासो बढेपछि गाउँपालिकाले उक्त अभियानको शुरुआत गरेको हो । विद्यालय वरपर रहेका पसलहरुमा सुर्तीजन्य पदार्थ भए÷नभएका बारेमा गाउँपालिकाका कर्मचारीले दिनहुँ अनुगमनसमेत गर्ने उहाँको भनाई छ ।

Back to top button