जलजला गाउँपालिकाले बाली विज्ञान पढ्ने विद्यार्थीलाई बार्षिक ३६ हजार सहयोग गर्ने

पर्वत । सामुदायिक शिक्षालाई गुणस्तरीय, प्रविधियुक्त र युग अनुकुलको शिक्षाका रूपमा विकास गर्ने अभियान सञ्चालन गरेको जलजला गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूका लागि बार्षिक ३६ हजार रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाको आज बसेको बैठकले जलजला गाउँपालिका भित्रका सामुदायिक बिद्यालयमा अध्ययन गरी आधारभुत तह कक्षा(८ उत्तिर्ण गरी कक्षा (९ मा ग्राम प्रकाश मावि जलजला (५ लेकफाँटमा प्राबिधिक धार तर्फ (बालि बिज्ञान) बिषयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई मात्रै उक्त सुविधा दिने भएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

प्राविधिक शिक्षातर्फ विद्यार्थीलाई आकर्षित गर्न गाउँपालिकाले यो अवधारणा ल्याएको अध्यक्ष आचार्यले वताउनु भयो । ‘यो सहयोग आवाशीय रुपमा अध्ययन गर्न चाहाने विद्यार्थीहरुले सम्बन्धित बिद्यालयको सिफारिसमा प्रति बिद्यार्थीलाई बार्षिक रु। ३६ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको छ ।’ – अध्यक्ष आचार्यले भन्नुभयो ।

नेपाल कृषि प्रधान देश भएता पनि कृषि क्षेत्रको विकास हुन नसकेको अवस्थामा यस बिद्यालयमा सुरु भएको कृषि प्राविधिक बिषयको अध्ययनले दक्ष र योग्य प्राविधिक उत्पादन गरि कृषि क्षेत्रको विकासमा टेवा पुर्‍याउने विश्वास लिएको गाउँपालिकाको तर्क छ ।

सरकारको एक पालिकाका एक प्राविधिक बिद्यालय अन्तर्गत कक्षा ९ देखि १२ सम्म जलजला ५ लेकफाँटको ग्रामप्रकाश माविमा उक्त बिषयमा पठनपाठन हुने भएको हो । नेपाल सरकार शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयबाट कृषि प्राविधिक बिषय अध्ययनका लागि हालैमात्र स्वीकृत प्राप्त भएको र यही शैक्षिक सत्र २०८०बाट पठनपाठन सुरु हुन लागेको बिद्यालयका प्रधानाध्यापक भवानी शंकर पौडेलले जानकारी दिनुभयो ।

अहिले बिद्यालयमा कक्षा ८ उतिर्ण गरि ९ मा गएका ३९ जना विद्यार्थीहरु कृषि बिषय लिएर पढ्न चाहेको र अन्यत्रबाट पनि कृषि प्राविधिक पढ्न इच्छुक विद्यार्थीहरु आउने संभावना रहेको उहाँले बताउनुभयो । कृषि प्राविधिक अध्ययनका लागि पालिकाका अन्य बिद्यालयका बिद्यार्थीहरुलाई पनि सोही बिद्यालयमा अध्ययन गर्न प्रेरित गरि भविष्यमा सिपयुक्त दक्ष र योग्य जनशक्ति उत्पादनमा जोड दिएको उहाँले बताउनुभयो । वि सं। २०१५ सालमा स्थापना भएको उक्त विद्यालयमा अहिले २ सय भन्दा बढी बिद्यार्थीहरु अध्ययनरत छन् ।

Back to top button