
पर्वत, जिल्ला प्रशासन कार्यालय पर्वत लगायत जिल्लाका विभिन्न सरकारी तथा सरकारी स्वामित्वका निकायहरुले सार्वजनिक बिदाको दिन पनि सेवा दिने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय सहित करदाता सेवा कार्यालय, पर्यटन तथा उद्योग कार्यालय, मालपोत कार्यालय, जिल्लाका सात वटै स्थानीय तह, भेटेरीनरी तथा पशुसेवा विज्ञ केन्द्र, खानेपानी तथा सरसफाई इकाई कार्यालय, नेपाल विद्युत प्राधिकरण, मोदीखोला जलविद्युत केन्द्र, पुष्पलाल मध्यपहाडी लोकमार्ग, जिल्ला भित्र सञ्चालित सम्पूणर् बैंक तथा वित्तीय संस्थाm अस्पताल लगायतका कार्यालयहरुले शनिबारबाहेकको सार्वजनिक बिदाका दिन आवश्यक सेवा दिने भएका हुन् ।
नेपाल सरकारले सार्वजनिक बिदाको दिन पनि नियमित सेवा प्रवाह गर्ने विशेष व्यवस्था गरेअनुरूप विभिन्न १६ वटा विदा तथा पर्वहरुमा सेवा सञ्चालन गर्ने र नियमित सेवा प्रवाह गर्ने गरी सुचित गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले बताउनुभयो ।
सेवाग्राहीको उच्च चाप, न्यून जनशक्ति, कमजोर पुर्वाधार लगायतका अनेक चुनौतीका बावजुत कार्यान्वयनमा ल्याउन खोजिएको उक्त परीक्षण हाललाई पूणर् कागजातसहित सम्बन्धित शाखाले रुजु गरेको एक घण्टाभित्र नै सेवाग्राहीलाई सेवा दिन थालिएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।