पर्वत कांग्रेसले दियो जिल्लाका नेता–कार्यकर्तालाई प्रशिक्षण

पर्वत । नेपाली काँग्रेसले आयोजना गरेको दुई दिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस पर्वतका प्रशिक्षण विभागले आयोजना गरेको जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम मंगलवार सम्पन्न भएको हो ।

प्रशिक्षणमा नेपाली काँग्रेसको सांगठनिक आधार : विगत र वर्तमानसँगै लोकतान्त्रिक नेतृत्वको आचरण र व्यवहार, सांगठनिक सुदृढिकरण र कार्यकर्ताको दायित्वको नेपाली काँग्रेसको सरकारको नेतृत्वमा भएका विकासका आधारः विगत र वर्तमान सँगै मुलुकको आर्थिक समृद्धि र विकासका लागि काँग्रेसको आगामी कार्यदिशाको विषयमा प्रशिक्षण संचालन गरिएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, प्रदेशसभाका पदाधिकारीहरु, ७ वटा पालिकाका सभापतिहरु र भातृ तथा सुभेच्छुक संघसंस्थाका प्रमुखहरु सहभागी भएका थिए । प्रशिक्षणलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मिन विश्वकर्मा, केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोखेरल, डा. जगदिशचन्द्र पोखरेल र बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले सहजीकरण गरिरहनु गर्नुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा नेता सहित कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो । समापन प्रश्चात सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

Back to top button