पर्वत : चैत्र १७ गतेदेखि हुने एसईई परीक्षामा २२ सय भन्दा बढि विद्यार्थी सहभागी हुँदै

पर्वत। गण्डकी संचार (पर्वत) । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत्र १७ गतेदेखि सुरु हुँदै छ । परीक्षाको लागि पर्वत जिल्लामा दुई हजार २३६ जना विद्यार्थी सहभागी हुनेछन् । परीक्षार्थीका लागि १९ वटा बिद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख उद्धीमराज पौडेलका अनुसार एउटा खुल्लासहित ९२ वटा विद्यालयका विद्यार्थीहरू परीक्षामा सहभागी हुन लागेका हुन्। परीक्षार्थीमध्ये एक हजार एक सय नौ जना छात्रा र एक हजार एक सय २७ जना छात्र रहेका छन्।

यस पटकको परीक्षामा साधारण धारतर्फ नियमित विद्यार्थीहरू दुई हजार एक सय ८७ जना, प्राविधिक धारतर्फका नियमित विद्यार्थीहरू ३० जना र ग्रेड वृद्धितर्फ साधारण धारतर्फका १९ जना विद्यार्थीहरू परीक्षामा सहभागी हुँदै छन्।

Back to top button