छोरालाई कृत्रिम खुट्टा खोज्दै फलेवासका ‘बिमलादेवीको परिवार’

पर्वत। पर्वत जिल्लाको फलेवास नगरपालिका–४, मुडिकुवा पर्वतका बिमलादेवी तिवारीले १० बर्षिय छोरा अमृत तिवारीलाई कृत्रिम खुट्टा खोजिरहेकी छन्। आर्थिक रुपमा अति विपन्न उमानाथले छोराको शिक्षादीक्षा र आवतजावतमा हुने गरेको समस्याबाट सधै निरास छन्। तीन छोरीपछि जन्मिएको छोरा पनि अपाङ्ग भएपछि छोराको शिक्षादीक्षा र उपचारमा सधै चिन्तित छन्। ‘तीन छोरीपछि जन्मिएको छोरा अशक्त भएपछि आफूमाथि पहाड खसेजस्तो भएको छ,‘ श्रीमान पनि शारीरिक रुपमा अशक्त भएपछि झनै समस्या छ’ विमलादेवी तिवारीले भनिन्।

४० वर्षिय उमानाथले स्वासनलीको समस्याका कारण कष्टकर जीवन बिताइरहेका छन् भने १० वर्षिय छोरा अमृत जन्मिदै अपाङ्ग भएकाले कृत्रिम खुट्टा राख्ने पैसा समेत नभएको बिमलादेवीले बताईन्। ‘छोरा र श्रीमानको अवस्था देख्दा दिउँसै अन्धकार भएको छ,‘छोराछोरीलाई पढाउने आर्थिक समेत जुटाउन सक्ने अवस्था छैन’ उनले भनिन्। कृत्रिम खुट्टा भएमा छोराको पढाइ, हिंडडुलको इच्छा पुरा हुने भएकाले साथ–सहयोग खोजिरहेको अवस्थामा स्थानीय, प्रदेश र संघीय सरकारका निकायमा सहयोग माग्दा समेत नजर नपुगेको उमानाथले गुनासो गरे। जन्मिदाँ कमजोर खुट्टाले असर गर्ने भएपछि चिकित्कसले काटेर फालिदिएको उनले बताईन्। छोरालाई ६ महिनामा नियमित औषधी खुवाउनुपर्ने भएपनि पैसाको अभावले केही महिना औषधी समेत पु¥याउन नसकेको बताईन्।

छोराको लागि कृतिम खुट्टा किन्नुपर्ने भएपनि आर्थिक समस्या रहेको र छोरीहरुको शिक्षादीक्षाका लागि ऋण खोज्नुको विकल्प नभएको तिवारी दम्पत्तीको गुनासो छ। मेलापात गरेरै भएपनि एसएलसीसम्मको अध्ययन गरेका उनी रोजगारीको सिलसिलामा कतार पनि नपुगेका होइनन् तर कतारमै रहदा शरीरमा ९स्वासनली० समस्या देखिएपछि काम गर्न नसकेर घर फर्किए।

घर फर्किए लगत्तै आमालाई पनि गुमाउन पुगेका उमानाथको स्वास्थ्य दिनप्रतिदिन कमजोर बन्दै गयो।आर्थिक अवस्थाकै कारण उपचार गराउन नपाएका उनी अहिले पनि शारीरिक रुपमा अशक्त नै छन्। स्वासप्रस्वासको समस्यात छँदैछ शरीरभरी गेर्खाको समस्याले उनी दिनानूदिन पीडित बन्दै गैरहेका छन्। घरमा बाबू छोरा नै शारीरिक रुपमा अशक्त भएपछि तिवारी परिवार निकै कष्टकर जीवन बिताईरहेको स्थानीय लोकनाथ भुसालले बताए। ‘घस्रदै स्कुल गएको दृश्यले जोकसैको मुटु चुडाल्छ,‘सहयोगी हातको पर्खाइमा यो परिवार छ’ साहित्यकार समेत रहेका लम्सालले भने। उनले कुनै आम्दानीको बाटो नभएका कारण यो परिवार यतिबेला सहयोगी मनहरुको पर्खाईमा रहेको भुसालको भनाई रहेको छ। तिवारी दम्पत्तीले छोराछोरीको उच्च शिक्षासम्म सहयोगी ब्यक्ति र निकाय समक्ष यातना गरेका छन्।साभार–नागरिक दैनिकवाट

 

Back to top button