फलेवास नगरपालिकामा कर्मचारी हेरफेरमा किचलो, बहुमतको दम्भ देखाएर कर्मचारीले जिम्मेवारी लिन नमानेको आरोप

पर्वत । फलेवास नगरपालिकाले २८ फागुनमा कार्यालयमा कार्यरत ४ कर्मचारीको जिम्मेवारी हेरफर गर्यो । २८ फागुन प्रमुख प्रशासकिय अधिकृतको रोहबरमा बसेको कर्मचारीहरुको बैठकले जिम्मेवारी हेरफेर तथा थप गर्ने निर्णय गरेको हो । तर, निर्णय गरेको दुई साता बित्नै लाग्दा पनि कर्मचारीहरुले जिम्मेवारी लिन आनकानी गरिरहेका छन् । एमाले निकट कर्मचारीहरुले बहुमतको दम्भ देखाउँदै जिम्मेवारी लिन नमानेको नगरपालिकाका प्रवक्ता अच्युत तिवारीले बताए । फलेवास नगरपालिकामा एमालेको बहुमत छ । उनीहरुले बहुमतको आडमा जिम्मेवारी लिन नमानेको तिवारीले आरोप लगाए ।

‘नगरपालिकाका प्रमुख प्रशासकियद्धारा कर्मचारीको जिम्मेवारी हेरफेर कार्यन्वयन गर्न कर्मचारीले आनाकानी गरेका छन्,तिवारीले भने,‘नगरपालिकामा भैरहेको बेथिती न्युनीकरण गर्न जिम्मेवारी हेरफेर गरिएको होे, तर, बहुमतको दम्भ देखाउँदै कर्मचारीले आजका मितिसम्म जिम्मेवारी लिन मानेका छैनन्।,’ उनले नगरपालिकाका हरेक काममा बहुमतको दम्भ देखाउँदै काम गर्न नदिएको समेत बताए ।
पmलेवास नगरपालिकाले अधिकृत कृष्णप्रसाद पौडेल (अधिकृतस्तर छैटौ) लाई राजस्व शाखा प्रमुखको जिम्मेवारी दिएको छ । उनी यस अघि प्रशासन शाखा प्रमुख थिए । नगरपालिकाले अधिकृत रमेश शर्मा (अधिकृतस्तर छैटौ) लाई प्रशासन÷उद्योग शाखा प्रमुखको जिम्मेवारी तोकिएको छ । यस अघि उनी राजश्व शाखा प्रमुख थिए ।

शिक्षा अधिकृत टंकनाथ पौडेल (अधिकृतस्तर सातौँै) लाई शिक्षा अधिकृत लाई जिन्सी शाखा प्रमुखको जिम्मेवारी थप गरिएको छ । पाराश्वर शर्मा (नायव सुब्वा)लाई राजश्व शाखाको जिम्मेवारी प्रदान गरिएको छ । उनी यस अघि जिन्सी शाखा प्रमुख थिए ।
नगरपालिकाको तोकेको जिम्मेवारीको अन्य शाखाका कर्मचारीहरुमा समस्या नभएपनि जिन्सी शाखाको जिम्मेवारी हेरफेरमा समस्या भएको प्रवक्ता तिवारीले बताए ।
नगरपालिका प्रमुख प्रशासकिय अधिकृत नेत्र पौडेलले आफुले सबैको सल्लाह र रोहवरमा जिम्मेवारी हेरफेर गरेको बताउँदै जिम्मेवारी लिन नमानेको कारणवारे जानकारी नभएको बताए ।
फलेवास नगरपालिका मेयर गंगाधर तिवारीले नगरपालिकामा कर्मचारी हेरफेरमा कुनै समस्या नभएको बताए । उनले नगरपालिका मिलाएर लैजानु पर्ने दायित्व सबैको भएकाले यो विषयमा बाहिर आएजस्तो विवाद नभएको दावी गरे ।

Back to top button