बिहादी गाउँपालिकाले कृषि र पशुपालक किसानलाई अनुदान दिन प्रस्ताव माग्यो

पर्वत । बिहादी गाउँपालिकाले कृषि र पशुपालनलाई व्यावसायीकरण गर्न उद्देश्यले अनुदान दिने भएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० को स्वीकृत बार्षिक कार्यक्रम अनुसार कृषि विकास शाखा र पशु सेवा शाखा अन्तर्गत कृषि र पशुपालन कृषकलाई ३४ लाख रुपैयाँ रकम अनुदान स्दिन लागेको हो ।

गाउँपालिकाले पशु सेवा शाखाको आर्थिक बर्ष २०७९/८० को स्वीकृत बार्षिक कार्यक्रम अनुसार बाख्रा,बंगुर,लेर्यस, बोईलर कुखुराको खोर सुधार गर्न ९ लाख रुपैयाँ बिन्योजन गरेको छ । अनुदानका लागि गाउँपालिका भित्र दर्ता भई व्यवसायिक रुपमा पशुपन्छी पालिरहेका पशुपन्छी पालक समुह फर्म, कृषि सहकारी र व्यवसायिक पशुपन्छी कृषकहरुले आवेदन दिन सक्नेछन् ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पूर्ण वहादुर कार्कीका अनुसार पशु सेवा शाखा अन्तर्गत बाखा्र खोर सुधार कार्यक्रम अन्तर्गत व्यक्तिगत र समूह फर्मलाई ३ लाख, बंगुरको खोर सुधारका व्यक्तिगत र समूह फर्मलाई ३ लाख, लर्यस पाल्ने व्यक्तिगत र समूह फर्म कृषकलाई १ लाख र ब्रोईलर पाल्ने व्यक्तिगत र समूह फर्म कृषकलाई २ लाख रुपैयाँ पाउनेछन् । त्यस्तै बिहादी गाउँपालिका भित्रका कृषि सहकारी, कृषक समुह, कृषि फर्म र व्यवसायिक कृषकहरुलाई पनि गाउँपालिकाले अनुदान दिने भएको छ । गाउँपालिकाले कृषि विकास शाखा कार्यक्रम मार्फत २५ लाख रुपैयाँ अनुदान स्वरुप वितरण गर्ने भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कार्कीले दिएको जानकारी अनुसार गाउँपालिकाले टनेल वितरणमा ७५ प्रतिशत अनुदान सहित पाँच लाख रुपैयाँ बिन्योजन गरेको छ । त्यस्तै समुह तथा सहकारी फर्मका लागि प्लाष्टिक मल्चिङ तथा स्प्रेमा ७५ प्रतिशत अनुदान सहित ४ लाख रुपैयाँ बिन्योजन गरेको छ । दर्ता गरी तरकारी उत्पादन गरेका कृषकलाई क्यारेट वितरणका लागि सतप्रतिशतत अनुदानका लागि समुह तथा सहकारी फर्मका लागि गाउँपालिकाले २ लाख बिन्योजन गरेको छ । सिँचाई पोखरी अनुदानका लागि समुह तथा सहकारी फर्मलाई शतप्रतिशत अनुदानका लागि २ लाख, भकारो सुधार कार्यक्रमका लागि ५० प्रतिशत अनुदानका लागि गाउँपालिकाले १० लाख र चापकटरमा ५० प्रतिशत अनुदानमाका लागि २ लाख रुपैयाँ विन्योजन गरेको छ ।

अनुदानका लागि कृषकले सुचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्ने छ । त्यसका लागि निवेदन, सम्बन्धित वडाको सिफारिस, कृषक बर्षिकरण परिचयपत्र रु नागरिकताको प्रतिलिपि, व्यवसायिक कार्ययोजना, फर्म दर्ताको प्रमाणपत्र तथा नविकरण पत्रको प्रतिलिपि, कर चुक्ताको प्रमाणपत्र, स्थायी लेखा नम्वर, सम्वन्धित विषयमा अध्ययन र तालिम भएमा सोको प्रमाणपत्र र वडा वा गाउँपालिकाबाट रु एक सय रुपैषँ राजस्व तिरेको रसिद आवश्यक पर्ने छ ।

गाउँपालिकाका अध्यक्ष परविन गुरुङले कृषकलाई व्यवसायिक गर्ने उद्देश्यले अनुदान वितरण गर्न लागेको बताउनु भयो । ‘बिहादी गाउँपालिकाको मुख्य समृद्धिको आधार भनेको कृषि र पशुपालन हो, हामीले किसानहरुको पक्षमा विस्तृत अध्ययन गरी योजना बनाएका छौँैँ, अनुदानले व्यवसायीक किसानहरुलाई कृषि र पशुपालनको क्षेत्रमा सहजता ल्याउने अपेक्षा लिइएका छौँ,’उनले भने । उनले बिहादीको किसानको उत्पादन विक्रिका लागि हाट बजार निर्माण गरी सञ्चालनको गर्नेे र निकट भविश्यमा नै चिस्यान केन्द्र समेत निर्माण गर्ने प्रक्रियामा आफु रहेको भन्दैयसले किसानहरुको लागि थप सहयोग पुग्ने बताउनु भयो ।

Back to top button