फलेवास नगरपालिका : भलिवल खेलाडी नगद सहित सम्मानित

पर्वत । फलेवास नगरपालिकाले भलिबल खेलाडीहरुलाई नगद सहित सम्मान गरेको छ । उद्योग वाणिज्य संघ पर्वतले माघ ११ गतेदेखि २१ गतेसम्म कुश्मामा आयोजना गरेको सातौँ पर्वत महोत्सवमा आयोजित गण्डकी प्रदेशभित्र पर्ने स्थानीय तह स्तरीय पुरुष अन्तरपालिका भलिवल प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेका भलिबल खेलाडीहरुलाई नगद सहित सम्मान गरेको हो ।

महोत्सवमा जारी भलिबल प्रतियोगितामा फाईनल खेलमा पर्वतको महाशिला गाउँपालिका विरुद्ध पाँचमध्ये तीन सेटमा जीत निकाल्दै फलेवास नगरपालिकाले खेल जितेको थियो । प्रतियोगितामा प्रथम बनेको फलेवास नगरपालिकाले दुई लाख रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र पाएको थियो ।

उनै खेलाडीहरुलाई आज नगरपालिकामा एक कार्यक्रमको आयोजनामा नगद सहित खादा लगाएर सम्मान गरेको छ । खेलाडीहरुलाई पुरस्कार सहित नगरपालिकाले पोत्साहन स्वरुप ५/५ हजारका दरले सम्मान गरेको हो । उक्त प्रतियोगितामा फलेवास नगरपालिकाबाट १२ जना खेलाडीहरु समावेश भएका थिए ।

खेलाडीहरुलाई सम्मान गदै फलेवास नगरपालिका नगर प्रमुख गंगाधर तिवारीले फलेवास नगरपालिका खेलकुदका लागि उर्वर भूमि भएको बताउँदै यहाँको समग्र खेलको विकासका लागि स्थानीय सरकार लागि परेको बताउनु भयो ।

उक्त कार्यत्रममा फलेवास नगरपालिका प्रमुख प्रशासकिय अधिकृत नेत्र पौडेल, नगरपालिका प्रवक्ता एवम मुडिकुवाका वडा अध्यक्ष अच्युत तिवारी, कार्कीनेटाका वडा अध्यक्ष चोलाकान्त पाध्य, थापाठानाका वडा अध्यक्ष गंगानारायण श्रेष्ठ, खानीगाउँका वडा अध्यक्ष नारायणप्रसाद लामिछाने, देविस्थानका वडा अध्यक्ष नविनकुमार श्रेष्ठ, ठानामौलाका वडा अध्यक्ष मनवहादुर कुवँर, पाङराङका वडा अध्यक्ष रुद्रवहादुर पाठक, कार्यपालिका सदस्य नेत्रवहादुर वि.क, खेलाडी तथा देविस्थानका वडा सदस्य विकास थापा ‘हिटलर’ लगायतको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रमको संचालन फलेवास नगरपालिका शिक्षा अधिकृत कृष्ण आचार्यले गर्नुभएको थियो ।

Back to top button