![](https://parbatmala.com/wp-content/uploads/2023/03/336803627_2235221769984023_6552839940320753986_n.webp)
पर्वत । पछिल्लो समय बैंक तथा बित्तिय संस्था माथि भैरहेको धम्कीपूर्ण अभिव्यक्ति र सांघातिक आक्रमण प्रति बैंकर्स क्लव पर्वतले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।
देशका विभिन्न ठाउँमा कर्मचारीहरु प्रति भएका घटनाका साथै पछिल्लो समय पर्वत एवम् म्याग्दी स्थित बैंक तथा वित्तिय संस्थाका कर्मचारीप्रति भएको सांघतिक आक्रमण, धरपकड एवम् अमर्यादिन व्यबहारप्रति बैंकर्स क्लव पर्वतका अध्यक्ष गोविन्दप्रसाद आचार्य सहितको टोलीले प्रमुख जिल्ला अधिकारी (सिडियो) चित्राङ्गत बरालको ध्यानाकर्षण गराएको हो ।
ध्यानाकर्षण पत्रमा भनिएको छ,‘बैंक तथा बित्तिय संस्थाहरुले सदैव ग्राहकहरुको सेवालाई प्राथमिकतामा राखी सँधै अग्रपंक्तिमा खटिई उच्च स्तरीय सेवा प्रदान गदै आईरहेका छौँ । देशका विभिन्न ठाउँमा कर्मचारीहरु प्रति भएका घटनाका साथै पछिल्लो समय पर्वत एवम् म्याग्दी स्थित बैंक तथा वित्तिय संस्थाका कर्मचारीप्रति भएको सांघतिक आक्रमण, धरपकड एवम् अमर्यादिन व्यबहारप्रति घोर भत्र्सना गर्दछौँ ।,’ साथैे जोखिमको बावजुद सदैव ग्राहक सेवामा सर्मपित कर्मचारीहरुको मनोबल घट्न गई यस्ता अप्रिय घट्नाक्रमहरुले बैकिङ्ग जस्तो अत्यावश्यक सेवा प्रभावित हुन सक्ने जानकारी गराएका छन् ।
![](https://i0.wp.com/gandakisanchar.com/wp-content/uploads/2023/03/337295023_227960886430856_3701186189256085950_n.jpg?resize=1024%2C768&ssl=1)
उनीहरुले भनेका छन्,‘समस्त ग्राहकहरुको हक हितलाई मुख्य प्राथमिकतामा राखी निक्षेप कर्ताको बचतलाई सुरक्षा दिँदै ऋणीहरुलाई कर्जा प्रवाह गरी देशलाई आवश्यक पुजीँ निमार्णमा महत्वपूर्ण भूमिका निर्वाह गदै पारदर्शी रुपमा नियामक निकायबाट निर्देशित सिद्धान्तहरुलाई अक्षरस पालना गदै यस विषय परिस्थीतीमा अगाडी बढिरहेको यस संवेदनशील बित्तिय क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरु भयरहित वातावरणमा काम गर्ने सुनिश्चितताका साथै सम्पूर्ण कर्मचारीहरुको सुरक्षा प्रताभुति गराउन र घटनाका दोषिलाई कारबाहीको दायारमा ल्याउन सम्बन्धित निकायमा जोडदार माग गर्दछौँ ।,’
![](https://i1.wp.com/gandakisanchar.com/wp-content/uploads/2023/03/337359746_162025256715941_4991346934307154254_n.jpg?resize=684%2C1024&ssl=1)