फलेवासका वडा सदस्य माथि नाकको डाँडीनै भाँच्चिनेगरि कुटपीट

पर्वत। पर्वतको फलेवास नगरपालिका वडा नं.३ शंकरपोखरीका एक वडा सदस्यलाई स्थानीय युवाले निर्घात कुटपीट गरेका छन् । कुटपीटबाट उनको नाकको डाँडी भाँच्चिएको छ भने शरिरका विभिन्न भागमा चोट देखिएको छ ।

गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्य पदमा बिजयी भएका ६२ बर्षिय मोती प्रसाद भुषाललाई स्थानीय अशोक भुषाल सहितका दुई जना युवाहरुले निर्घात कुटपीट गरेका हुन् । घरायसी कुरामा सामान्य भनाभन हुँदा वडा सदस्य माथि निर्घात कुटपीट भएको स्थानीयको भनाई छ । स्थानीयले राजनीतिक प्रतिसोधलाई लिएर वडा सदस्य माथि कुटपीट भएको आरोप लगाएका छन् ।

घाईतेको जिल्ला अस्पताल पर्वतमा उपचार हुन नसकेपछि हाल गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको वडा अध्यक्ष अर्जुनवहादुर कार्कीले बताए । ‘वडा सदस्य भुषालको नाकको डाँडीनै भाँच्चिएको छ र अप्रेसन नै गर्नुपर्ने भएको छ तर, सुगर र प्रेसर भएका कारण सोमवारसम्म पनि अप्रेसन भएको छैन ।,’वडा अध्यक्ष कार्कीले भने । उनले दोषीलाई कार्बाही हुनुपर्ने माग गदै वडा सदस्यको उपचार प्रश्चात प्रहरी समक्ष जाहेरी दिने बताए ।

‘जाहेरी परिवारले दिने कुरा हो, अहिले उपचारमा व्यस्त हुनुहुन्छ, उपचार गरेर आएपछि प्रहरी समक्ष पुगेर जाहेरी दिने कुरा भैरहेको छ ।,’ वडा अध्यक्षले भने ।

Back to top button