बालिका बलत्कारको आरोपमा फलेवासका युवा पक्राउ

पर्वत। १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।पर्वतको फलेवास नगरपालिका वडा नं। २ थापाठानाका २१ वर्षिय सुनिल थापा फक्राउ परेका हुन् । स्थानीय बालिकालाई बलत्कार गरेको उजुरीका आधारमा क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले सदरमुकाम कुश्माबजारबाटै पक्राउ गरेको हो ।

बालिकालाई चैत ४ गते बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय पर्वतमा सोहि दिन उजुरी दिएपछि प्रहरीले शनिवार साँझनै कुश्माबजारवाट पक्राउ गरेको थियो ।बालिकाको चैत ४ गते पर्वत अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक प्रकाश रावतले जानकारी दिनुभयो ।

आरोपित युवालाई सरकारी वकिल कार्यालय पर्वत मार्फत बलात्कार मुद्दा अन्तर्गत १० दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक रावतले जानकारी दिनुभयो ।

Back to top button