बागलुङको ढोरपाटनमा हिमपातले जनजीवन कष्टकर

काठमाडौं । बागलुङको ढोरपाटनमा हिमपात भएको छ ।खडेरीका कारण हिउँदाभर हिमपात हुन नसकेको ढोरपाटन क्षेत्रमा गत शनिबार राति वर्षा भएपछि हिउँ पर्न सुरु गरेको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको छ ।

हिमपातका कारण मोबाइलको नेटवर्कले समेत काम गर्न मुश्किल भइरहेको स्थानीयहरुले बताएका छन् । हिमपातपछि ढोरपाटनबाट बुर्तिबाङ सडक समेत अवरुद्ध भएको जनाइएको छ ।

अघिल्ला वर्षहरुमा पुस माघ महिनामा नै चार-पाँच पटक हिमपात हुने गरेकोमा यो वर्ष चैत लागेपछि मात्रै हिमपात भएको हो । हिमपातले चिसो बढेर जनजीवन कष्टकर बने पनि स्थानीय भने खुशी भएका छन् ।

Back to top button