नेपाली काँग्रेस पर्वतको सदस्यमा ओमप्रसाद शर्मा ‘घायल’ मनोनित

पर्वत । जिल्लाका अग्रज पत्रकार ओमप्रकाश शर्मा ‘घायल’ नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतको सदस्य पदमा मनोनित हुनुभएको छ । नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) को परिच्छेद ३ दफा १२ उपदफा ५ को ख (२) मा व्यवस्था भए बमोजिम घायललाई जिल्ला कार्य समिति सदस्य पदमा मनोनित गर्नुभएको हो ।

पत्रकारिता जगतमा दुई दशक देखि सक्रिय घायल लोकतन्त्रवादी पत्रकारको साझा संस्था नेपाल प्रेस युनियन पर्वतका संस्थापक अध्यक्ष एवम् नेपाल पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष र लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका केन्द्रीय उपाध्याक्ष समेत हुन् ।

लामो समयदेखी पार्टीका विभिन्न तहमा सक्रिय घायल १३ औं महाधिवेशनमा सम्मानजनक मत पाएर पनि जिल्ला सचिव पदमा विजयी हुन असफल हुनुभएको थियो ।मनोनित भएपछि घायलले पार्टीको सिद्धान्त र नीतिप्रति प्रतिवद्ध भई पार्टीको बृहत्तर हित र विकासमा लाग्ने बताउनु भएको छ ।

Back to top button