
कास्की – पोखराको चिप्लेढुङ्गामा शुक्रवार आज बिहान नगरबसले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको ज्यान गएकाे छ ।
चिप्लेढुङ्गामा ग १ ख ७१०८ नम्बरको बसले ग १९ प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक झापा दमक नगरपालिका-४ घर भइ पोखरा ५ बस्ने २४ वर्षीया दीक्षा कार्कीको ज्यान गएकाे हाे ।
कार्कीको घटनास्थलमै ज्यान गएकाे कास्की प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेको छ ।