तपाईको पालिकाले संघबाट कति पाउने भए समानीकरण अनुदान ? (सुचीसहित हेर्नुहोस्) ।

पर्वत । आगामी आर्थिक बर्ष २०७९/०८० मा सङ्घीय सरकारको बजेटबाट पर्वतका स्थानीय तहले ६४ लाख २७ हजार रुपैयाँ बराबरको वितीय समानीकरण अनुदान पाउने भएका छन्

सङ्घीय सरकारले आगामी आर्थिक वर्षमा सबैभन्दा बढी कुश्मा नगरपालिकालाई अनुदान दिने भएको छ । कुश्मा नगरपालिकाले १२ लाख ९६ हजार बराबरको वितीय समानीकरण अनुदान पाउने छ । सरकारले सबैभन्दा कम अनुदान भने पर्वतको महाशिला गाउँपालिका लागि विन्योजन गरेको छ । उक्त पालिकाले सरकारबाट सात लाख ५ हजार रुपैयाँ बजेट मात्रै पाउने छ । त्यस्तै फलेवास नगरपालिकाले ९ लाख ८७ हजार, जलजला गाउँपालिकाले ९ लाख ४८ हजार, मोदी गाउँपालिकालाई ९ लाख ३९ हजार, बिहादी गाउँपालिकालाई सात लाख ५५ हजार र पैयुँ गाउँपालिकालाई ७ लाख ९७ हजार वितीय समानीकरण अनुदान पाउने छन् ।

यो रकम स्थानीय तहले आफूले बजेट बनाएर प्राथमिकताका आधारमा खर्च गर्न सक्ने आयोगका प्रवक्तासमेत रहेका सहसचिव ज्ञानेन्द्र पौडेलले गण्डकी संचार अन्लाईनलाई जानकारी दिए ।

Back to top button