२० महिने छोरीको हत्या गर्ने बाबु पक्राउ

बागलुङ । बागलुङमा एक बाबुले २० महिने छोरीको हत्या गरेका छन् । बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ४ सर्कुवाका २५ वर्षीय असेरी दिन मियाले छोरी असरा खातुनको हत्या गरेको प्रहरीले जनाएको छ ।

आमा र घरका अन्य सदस्य नभएको मौका छोपेर बाबुले हत्या गरेका हुन् । पत्नीले लामा समयदेखि माइतीमा बस्दै आउँदा छोरी बाबुको साथमा थिइन् । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कुश्मीसेराको टोलीले पक्राउ गरेको छ । जिल्ला प्रहरीबाट आएको टोलीले अभियुक्तलाई सदरमुकाम ल्याएको छ ।

Back to top button