
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बागलुङ र पर्वतको भ्रमणमा आउदै हुनुहुन्छ ।राष्ट्रपति भण्डारी बागलुङ कालिका भगवतीको दर्शनका लागि बाग्लुङ आउन लाग्नुभएको हो ।
बाग्लुङ कालिनका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार राष्ट्रपति भण्डारी आज बिहान साढे १० बजे पुग्ने कार्यक्रम रहेको छ ।
बागलुङको भ्रमणपछि राष्ट्रपति भण्डारी बुधबार नै पर्वतको जलजला गाउँपालिका पुग्नु हुनेछ ।
राष्ट्रपति भण्डारीले जलजला गाउँपालिका वडा नम्बर २ मा रहेको कुल मन्दिरको उद्घाटन् गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभएको छ ।