पर्वतको नाग्लिवाङमा निःशुल्क स्क्रिनिङ्ग शिविर शुरु

पर्वत । पर्वतको जलजला गाउँपालिका–९ नाग्लिवाङमा निःशुल्क स्क्रिनिङ्ग शिविर शुभारम्भ भएको छ । जेष्ठ नागरिक सेवा तथा नसर्ने रोगको प्रारम्भिक पहिचानको लागि शिविर संचालन गरिएको हो । वडा कार्यालयमा आईतवारदेखि शुरु भएको शिविरमा सुगर बोल्ड प्रेसर (स्क्रिनिङ्ग) शिविरमा १४३ जनाको स्वास्थ्य प्ररिक्षण गरिएको छ । जसमा ८७ जना महिला र ५६ जना पुरुष रहेका छन् । शिविरमा नियमित उच्च रक्तचापको औसधि सेवन नगरेको मध्ये ७ जना महिलाहरुलाई औसधि सेवन गर्नेुपर्ने सल्लाह दिएको छ । ९ जना महिला र ८५ जना पुरुषलाई सुगर स्क्रिनिङ्ग भएकाले नियमित औसधी साथै खानापिन कसरी गर्ने भन्ने बिषयमा परामर्ष दिईएको छ ।

वडा कार्यालयले सोमवारदेखि खनियाघाट, नेवार हटिया, सेतोगुरास, लुप्राङ,फर्से, र स्वास्थ्य चौकीमा गरि ६ स्थानको टोलमा प्रत्येक ३ महिनामा टोलटोलमा गएर सेवा दिने भएको वडा अध्यक्ष एवम् पालिका प्रवक्ता हरिविकास जिसीले जानकारी दिए । उनले स्वास्थ्य वासिन्दाको पहुँचमा पु¥याउने पालिकाको नीति अनुसार शिविर संचालन गरिएको बताए ।
साथै वडा कार्यालयले सोही दिन सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ ।

Back to top button