
पर्वत। गाउँमा भिडियो एक्सरे सेवा नहुँदा यहाँका गर्भवती महिलाहरु म्याग्दी, बागलुङ र सदरमुकाम कुश्मा बजार धाउनुपर्ने बाध्यता थियो । भिडियो एक्सरे सेवा लिन आउँदा एक दिन पुरै बिताउनुपथ्र्यो । अब भने यहाँका गर्भवती महिलालाई सो सेवाका लागि अन्यत्र जाने समस्या टरेको छ । जलजला गाउँपालिकाले ग्रामिण भिडियो एक्सरे सेवा शुरु गरेसँगै वर्भवती महिलाहरुलका लागि सहज भएको छ । गाउँपालिकाले सामेवार जलजला–३, मल्लाजको स्वास्थ्य चौकीबाट यो सेवा सुरु गरेको जनाएको छ ।
सेवाको सुभारम्भ गदैं गाउँपालिका अध्यक्ष राजु आचार्यले समुदायमा रहेका गर्भवती महिलाले भोग्नु परे को समस्या समाधान गर्न ग्रामिण क्षेत्रमा उक्त अभियान सञ्चालन गरिएको बताउनुभयो । ‘अब भिडियो एक्सरे का लागि अस्पतालमा धाउनुपर्ने बाध्यताको अन्त्य गर्नेछौ,‘आगामी दिनमा पनि यो अभियानले निरन्तरता पाउने छ’अध्यक्ष आचार्यले भन्नुभयो । गर्भमा रहेको नवजात शिशुको अवस्था थाहा पाउन र समस्याको समयमा नै पहिचान गरी आमा तथा शिशुको स्वास्थ्य अवस्था जानकारी राख्ने पालिकाभित्रका स्वास्थ्य चौकी र इकाई गरी १६ स्थानमा यो सेवा सञ्चालन गरिने जनाइएको छ ।

गर्भावस्थाभरिमा कम्तीमा चार पटक भिडियो एक्सरे परीक्षण गर्नुपर्ने भएपनि हेल्चेक्राई तथा जनचेतनाको अभाव, आर्थिक अवस्था कमजोरका साथै विभिन्न कारणले छुट्ने गरे को अवस्थामा ग्रामिण भिडियो एक्सरे सेवा सुरू गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले ,जनाएको छ ।
प्रोटेवल भिडियो एक्सरे मेसिनका साथ तालिम प्राप्त दक्ष जनशक्ति परिचालन गरिएकाले ,शल्यक्रिया, शिशुको स्वास्थ्य अवस्था ठिक नभएको लगायतका विभिन्न जटिल समस्या देखिएमा आमा र शिशुको सुरक्षाका लागि आवश्यक थप सहयोग गर्ने जनाइएको छ ।
अभियानमा स्वास्थ्यकर्मी, सेवाग्राही सहित वडा नं २ का अध्यक्ष प्रकश जिसी, वडा नं ३ का एकेन्द्र खत्री र वडा नं ४ का भरत जिसी लगायतको उपस्थिति रहेको थियो ।
