नारायणगढ–मुग्लिन सडक आजदेखि एक महिनासम्म दिउँसो १२ बजेदेखि ४ बजेसम्म बन्द

काठमाण्डौ – नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ ।गएको पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम हुने गरेको थियो ।

आजदेखि भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० दिन सडक बन्द गर्न लागिएको हो ।चितवनका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले गाडी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको बताउनुभयो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार गाडी रोकेर काम गर्दा निर्माणकार्य प्रभावकारी भएको छ ।

निर्माणाधीन पाँच पुलमध्ये तीनको भित्तो काट्ने काम सकिएको छ । यसअघि भएको निर्णय अनुसार हिजो ४ गते ३० दिन पुगेको थियो । पुसको ३० गते र माघको १ गते माघे संक्रान्तिका कारण सडक बन्द गरिएको थिएन ।हिजोसम्म सडक दिउँसो  समयमा बन्द हुने भनिए पनि भित्तो काट्ने नसकिँदा फेरि एक महिना थप गरिएको हो  ।

Back to top button