
काठमाडौं । कास्कीको पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजले २२ डिसेम्बरमा पोखरा अन्तर्राष्ट्रिय विमास्थलमा ‘डेमो’ उडान गरेको पाइएको छ ।
९ एन–एएनसी जहाजले २२ डिसेम्बरमा पोखराको पुरानो विमानस्थलबाट सो जहाजले अन्तर्राष्ट्रिय विमानस्थलमा ‘डेमो’ उडान गरेको थियो ।सोही जहाज आज दुर्घटनामा परेको हो ।यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बाह्रखरीसँग कुरा गर्दै २२ डिसेम्बरमा सोही जहाजले पोखरामा डेमो उडान गरेको जानकारी दिए ।बाह्रखरी