नेष्डो बचत तथा ऋण सहकारी संस्थाको २६औं वार्षिक साधारण सभा सम्पन्न्

पर्वत । विगत २४ वर्ष पहिले पर्वत जिल्लालाको आर्थिक समृद्धीमा योगदान पु¥याउने उद्देश्यले स्थापित पर्वतको जेठो सहकारी संस्था नेष्डो वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६औं वार्षिक साधारण शनिवार कुश्मा वजारमा सम्पन्न भएको छ । विगतमा मोदी गाँउपालिकाको वडा नं। २ देउपुरमा कार्यालय स्थापना गरी सेवा दिंदै आएको संस्थाले विगत दुई वर्ष देखि आधुनिक व्यवस्थापन सहित जिल्ला सदरमुकाम कुश्मावजारवाट सेवा दिंदै आएको छ । संस्थाले कुश्मा स्थित मुख्य कार्यालयसंगै फलेवास सेवा केन्द्रवाट समेत गरी ७ सय ५० शेयर सदस्यलाई संस्थामा आवद्ध गरी सेवा दिंदै आएको छ ।

साधारण सभा उद्घाटन समारोहमा प्रमुख अतिथिको आसनवाट वोल्दै नेष्डो समृद्ध समूह नेपालका अध्यक्ष एवम् संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले सदस्यको लगानीमा सदस्यले नै लाभ लिने र शुसासित रुपमा कारोवार गर्ने सहकारीको मर्म अनुरुप संस्थाहरु सञ्चालन हुन नकसेको कारण हाल समस्या वढदै आएको वताउनु भयो । संस्थावाट कर्जा लिने तर सहि सदुपयोग नगर्नाले कर्जा असुलीमा समस्या वढेको भन्दै लगानी गर्नु पुर्व असुलीको आधारहरुलाई विश्लेषण गर्नुपर्नेमा जोड दिनु पर्ने वताउनु भयो । अहिले वैंक तथा वित्तीय संस्थाको साथै सहकारी क्षेत्रमा समेत वचत फिर्ता गर्न धौ धौ परेको यथार्तलाई औल्याउदै प्रमुख अतिथि प्रसाईले नेष्डो सहकारीले इमान्दार सदस्यलाई आवश्यकता अनुसार लगानी गर्ने र सदस्यले दुःख गरेर जम्मा गरेको वचत फिर्ता गर्न कुनै आनाकानी नगर्ने वताउनु भयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका शहकारी शाखा प्रमुख ऋषीराम शर्माले सहकारीका अन्र्तराष्ट्रिय सिद्धान्त, मुल्य, मान्यता र ऐन विपरित कार्य गरेको कारण समस्या वढदै गएको भन्दै नेष्डो वचत तथा ऋण सहकारी संस्था सहकारी सिद्धान्त, प्रचलित ऐन कानूनको परिधी भित्र रहेर काम गर्दै आएको वताउनु भयो ।

कार्यक्रममा वोल्दै पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले नेष्डो परिवारले समाजका हरेक क्षेत्रमा टेवा दिंदै आएको भन्दै संस्थाका हरेक गतिविधीमा संघले सहकार्य गर्दै आएको वताउनु भयो । उहाँले सहकारी संस्थाले उद्यमशिलता विकासमा थप जोड दिनुपर्ने वताउनु भएको छ । यसै कार्यक्रममा वोल्दै वि।पी। चिन्तन प्रतिष्ठानका अध्यक्ष सुवास पन्तले आर्थिक शुसासन र प्रभावकारी सेवाको नमुनाको रुपमा नेष्डो सहकारीलाई आँफूले पाएको वताउदै सदस्यको आर्थिक गतिविधीमा थप जोड दिनु पर्ने वताउनु भयो ।

उदघाटनमा समारोहमा मन्तव्य दिंदै नेपाल पत्रकार महासंघ पर्वतका सचिव राजवावु पि।सी।ले सहकारीहरुको संख्या वृद्धि भए अनुसार सेवामा गुणस्तर आउन नसकेको भन्दै नेष्डो परिवारले स्थानीय समुदायसम्म पुगेर प्रभावकारी सेवा दिंदै आएको वताउनु भयो ।
साधारण सभामा संस्थाका सचिव नारायण प्रसाद प्रसाईद्वारा प्रस्तुत संस्थाको आर्थिक वर्ष २०७८÷७९ को प्रगति तथा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् कोषाध्यक्ष प्रेम प्रसाद पौडेलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई पारित गरेको छ ।

साधारण सभा नेष्डो वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष उत्तम प्रसाद अधिकारीको अध्यक्षता, पुर्व अध्यक्ष एवम् लेखा समितिका संयोजक सावित्री खत्री क्षेत्रीको स्वागत एवम् प्रवन्धक कृष्ण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

Back to top button