पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । मन्त्रिपरिषद बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने र त्यसका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्ने निर्णय गरेको छ ।१७ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उदघाटन गरेका थिए ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पोखरा विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय भएको जानकारी दिए । उनले त्यसका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्ने निर्णय भएको पनि बताए ।

बैठकले कम्बोडियाको एक क्यासिनोमा आगलागीमा परी मृत्यु भएका झापाका निराकार पाण्डेको शव ल्याउन र शव ल्याउनका लागि आर्थिक प्रवन्ध गर्ने निर्णय गरेको जानकारी पनि मन्त्री पौडेलले दिए ।यसैगरी स्थानीय तह निर्वाचनको क्रममा बाजुरामा मृत्यु भएका दुई जनाको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णयसमेत मन्त्रिपरिषद बैठकले गरेको छ ।
Back to top button