प्रधानमन्त्रीद्वारा पाल्पा बस दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली : सार्वजनिक यातायात सुरक्षित बनाउन अपिल

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाल्पामा बस दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।

बिहान सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री प्रचण्डले दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली दिँदै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । यस्तै, उहाँले सार्वजनिक यातायात सुरक्षित र मर्यादित बनाउन सबैमा अपिल पनि गर्नुभएको छ ।

गएराति रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ खुसार्नेमा ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा एकै गाउँ (खुसार्ने) का ६ जनाको ज्यान गएको थियो । १८ जना घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको छ ।

Back to top button