पर्वत जेसीजको नयाँ कार्यसमितिको पदस्थापन सम्पन्न

पर्वत ।  जेसीज पर्वत २०२३ का लागि पदाधिकारी तथा सदस्यहरुको पदस्थापन भएको छ । २०२२ का अध्यक्ष उषा चापागाईले हालै निर्वाचित २०२३ का अध्यक्ष बिनोद आचार्य लाई पद तथा माईन्यूट दिएर जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धरको प्रमुख आतिथ्यता, कार्यकारिणी उपाध्यक्ष रजनी थापा, जेसीज पर्वतका पूर्व अध्यक्ष, मानर्थ तथा आजीवन सदस्यहरु, कार्यसमितिका सदस्यहरु, पत्रकार लगायतको उपस्थितीमा भएको एक विशेष कार्यक्रममा वर्ष २०२२ का अध्यक्ष चापागाईले वर्ष २०२३ का अध्यक्ष आचार्यलाई पद हस्तान्तरण गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धरले जेसीज विश्वव्यापी रपमा विधीको शासन कायम गर्ने एउटा अभियान रहेको बताउनुभयो । १८ देखि ४० वर्षसम्मका यूवाको नेतृत्व, व्याक्तित्व र सामाजिक विकासमा जेसीजले भूमिका खेल्दै आएको मानन्धरले बताउनुभयो । लामो समयसम्म जेसीज अभियानमा लागेर आफू भर्खरै राष्ट्रिय अध्यक्ष बनेको भन्दै मानन्धरले सबै जेसीज अभियानकर्मीहरुलाई उर्जाशिल बनाउन भूमिका खेल्ने र रचनात्मक काम गरेर जेसीजको गरिमा बढाउन लाग्ने पनि गर्नुभयो ।
विश्वव्यापी रुपमा जेसीजको गरिमा रहेको भन्दै उहाँले जेसीजमा आवद्ध हुनुलाई गर्वको विषय मान्न पनि अनुरोध गर्नुभयो । पर्वत जेसीजको २७ औँ अध्यक्ष बिनोद आचार्यले रचनात्मक काम गरेर जेसीज वर्ष २०२३ लाई स्मरणीय बनाउने उल्लेख गर्नुभयो । आचार्यले यूवामा रहेको जोश र जाँगरको उपयोग गर्ने अभियानको रुपमा जेसीजले काम गर्दै आएको उल्लेख गर्नुभयो ।

उहाँले पर्वतमा विगतमा भएका कामहरुको प्रसंसा गर्नुभयो भने आगामी दिनमा यूवाहरुको क्षमता विकासका लागि तालिम, उत्प्रेरक कार्यक्रम र जेसीजको विश्वास लाई अझै फराकिलो बनाउने कुरामा ध्यान दिने बताउनुभयो । पदस्थापन कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम बिक, नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रजनी थापा, उपाध्यक्ष चन्द्रमणी भुसाल, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारी, जेसीज पर्वतका पूर्व अध्यक्ष बसन्तकुमार कर्माचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

कार्यक्रमको स्वागत कोषाध्यक्ष सन्दिपा पौडेलले गर्नुभयो । आस्थापाठ सहकोषाध्यक्ष मन्जु शर्मा र सञ्चालन महासचिव हेमन्तबावु आचार्य र सुरज श्रेष्ठले गर्नुभयो । हालै सम्पन्न जेसीज पर्वतको अधिबेशन बाट अध्यक्षमा बिनोद आचार्य, कार्यकारिणी उपाध्यक्षमा हेमन्तबाबु आचार्य र गणेश पौडेल, कानुनी सल्लाहकारमा मिलन पौडेल चयन हुनुभएको थियो । महासचिवमा सुरज श्रेष्ठ, कोषाध्यक्षमा सन्दीपा पौडेल, उपाध्यक्षमा सागर पोखरेल, माधवराज पोखरेल, निरमा राजभण्डारी र झलक चापागाइ चयन हुनुभएको थियो । सहसचिवमा अजय पोखरेल, सह कोषाध्यक्षमा मन्जु शर्मा पौडेल र निर्देशकमा पार्वती शर्मा र प्रकाश पौडेल चुनिनुभएको थियो ।

Back to top button