जलजला गाउँपालिकाले प्रत्येक वडामा घुम्ती शिविर गर्ने

पर्वत । पर्वतको जलजला गाउँपालिकाले गाउँगाउँमा घुम्ती शिविर संचालन गर्ने निर्णय गरेको छ । गाउँपालिकामा आएर गर्नुपर्ने सबै काम वडामै पुगेर सेवा दिने उद्देश्यले शिविर संचालन गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

कार्यालयमा सेवा लिन आंउदा हुने कठिनाई र समस्यालाई मध्यनजर गरि समयको बचत तथा नागरिकको सहजताका लागि गांउमै सेवा प्रवाह गरि आम नागरिक लाई सर्वसुलभ सेवा प्रवाह गर्ने उद्देश्यका साथ घुम्ती शिविर संचालन गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्वर ८ नाग्लीवाङका वडा अध्यक्ष हरिविकास जिसीले जानकारी दिए ।

जलजला गाउँपालिकाले ९ वटै वाडहरूमा सेवा प्रवाह घुम्ती शिविर संचालन गरि नागरिकका गुसानो र समस्यालाई आधार बनाएर गाउँसभाको तयारी थाल्ने उनले बताए । गाउँपालिकाको बुधवार सम्पन्न गाउँपालिकाको १३० औँ बैठक राष्ट्रिय गौरवको आयोजना अन्तर्गत गाउँपालिका खण्डको कालीगण्डकी नदिको मुद्दा बिचराधिन अवस्थामा सर्वोच्च अदालत रहेकाले कानुन बमोजिम आवस्यक सहजीकरण गरिदिने निर्णय गरेको छ । साथै बैठकले निर्माण सम्पन्न पुर्ण भैसकेको विद्यालयका पुराना भवन भत्काउने अनुमती दिएको छ भने बर्खायामको समयमा प्रत्येक वडाको बाटो सफा गरेपावत रकम भुक्तानी दिने निर्णय गरेको छ ।

वैठकमा कार्यपालिका सदस्यहरुले माइन्यूटमा हस्ताक्षर गर्न माइन्युट खोज्दा नदिएको भन्ने प्रश्नमा प्रवक्ता जिसीले गाउँपालिकाका यि निर्णयहरुमा सबैको हस्ताक्षर भएको बताए । उहाँहरु बैठक बस्नु अगाडि जिल्लास्तरका नेताहरुसँग छलफल गरेर आउनुहुन्छ । बैठक बस्न नपाउँदै बहुमतको दम्भ देखाईहाल्नुहुन्छ प्रवक्ता जिसीले भने,‘बैठक पुस्तिका दिए, खोसेर लैजाने, लुकाउने जस्ता क्रियाकलाप पटकपटक देखाएको हुँदा फोटोकपी पेपरमा उपस्थित सहित निर्णय गर्ने र टाँस्ने तथा प्रत्येक बैठकको निर्णयको कार्यपालिका सदस्य दिने गरिएको छ ।,’

Back to top button