आरआर क्याम्पसमा विद्यार्थीबीच झडप, दुई घाइते

काठमाडौं । प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको छ ।झडपमा परेर दुईजना घाइते भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । उनका अनुसार घाइतेको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।

के विषयमा झगडा भएको स्पष्ट नभए पनि विद्यार्थीकै गुटको झगडा हुनसक्ने क्याम्पस प्रमुख जीवनधर ज्ञवालीले बताए । उनले भने, ‘प्रहरीले चार जनालाई पक्राउ गरेर लगेको छ, थप विषय प्रहरीबाटै थाहा होला ।’

एसपी मैनालीले उनीहरुबीच केही दिनअघि भलिबल खेल्ने बेला पनि विवाद भएको बताए । भने, ‘खास के कारण हो भन्ने विस्तृत अनुसन्धान गरिरहेका छौं ।’साभार अनलाईन खबर

Back to top button