सबै प्रदेशमा नयाँ गठबन्धनको बहुमत

काठमाण्डाै – केन्द्रसँगै प्रदेशहरुमा पनि नयाँ गठबन्धनकै सरकार बन्ने देखिएको छ । केन्द्रमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसद समेत गरी १६९ सांसदको नयाँ गठबन्धन बनेको छ।

नयाँ गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भइसक्नुभएको छ । केन्द्रमा मन्त्रिपरिषद् विस्तारसँगै प्रदेशहरुमा सरकार गठनको प्रक्रिया पनि सुरु हुनेछ । सबै प्रदेशमा एमाले नेतृत्वको गठबन्धनको बहुमत छ ।

प्रदेश १ मा ९३ सांसद रहेकोमा बहुमतका लागि कम्तीमा ४७ सांसदको समर्थन आवश्यक पर्नेमा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ सांसद छन् ।

यस्तै १०७ सदस्यीय मधेस प्रदेशमा बहुमतका लागि कम्तीमा ५४ सांसद आवश्यक हुन्छ । मधेसमा एमालेका २३, जनमत पार्टीका १३, जसपाका १६, माओवादी केन्द्रका ८, राप्रपाक १ सांसद छन् ।

बाग्मती प्रदेशमा ११० सांसद रहेकोमा बहुमतका लागि कम्तीमा ५६ सांसद आवश्यक पर्नेमा एमालेका २७, माओवादी केन्द्रका २१ र राप्रपाका १३ सांसद छन् ।

६० सदस्यीय गण्डकी प्रदेशमा बहुमतका लागि कम्तीमा ३१ सांसद आवश्यक पर्नेमा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाको २ सांसद छन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशमा बहुमतका लागि कम्तीमा ४४ सांसद आवश्यक पर्नेमा एमालेका २९, माओवादी केन्द्रका ९, जसपाका ३, राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टीको ३ सांसद छन् ।

कर्णाली प्रदेशमा ४० सांसद छन् । बहुमतका लागि २१ सांसद आवश्यक पर्नेमा एमालेका १०, माओवादी केन्द्रका १३ र राप्रपाका एक सांसद छन् ।

यस्तै ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि कम्तीमा २७ सांसद आवश्यक पर्नेमा एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाको एक सांसद छन् । यो हिसाबले सातवटै प्रदेशमासमेत नयाँ गठबन्धनको सरकार बन्ने पक्का भएको छ ।

Back to top button