पर्वत महोत्सवमा दुई लाख राशीको प्रदेश अन्तर पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

पर्वत। पर्वतमा दुई लाख पुरस्कार राशीको गण्डकी प्रदेश अन्तर पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । पर्वतमा आयोजित गण्डकी प्रदेशस्तरीय औधोगिक व्यापार मेला एंव सातौँ पर्वत महोत्सव –२०७९ मा प्रतियोगिता आयोजना गर्न लागिएको हो । खेल संयोजक शेर बहादुर चोचाङ्गीका अनुसार प्रतियोगितामा बिजेताले नगद दुई लाख मेडल र प्रमाण पत्र प्रदान गरिने छ । उप–बजिेताले एक लाख मेडल र प्रमाण पत्र र सान्तवना दुई टिमले ३०/३० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै खेल अवधिमा उत्कृष्ट एक खेलाडीलाई सम्मान गरिने छ ।

खेल अवधिभर विभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । उपसंयोजक समिर मल्लका अनुसार सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार, उत्ृकष्ट सटरलाई दुई हजार पाँच सय, उत्कृष्ट ब्लकारलाई दुई हजार पाँच सय, उत्कृष्ट लिफ्टर दुई हजार पाँच सय, उत्कृष्ट सर्भिसलाई दुई हजार पाँच सय र उत्कृष्ट डिफेन्डरलाई दुई हजार पाँच सय प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी हुन ६ हजार टिम दर्ता शुल्क तोकिएको छ । खेल संयोजक चोचाङ्गीका अनुसार पालिका भन्दा बाहिरका क्षेत्रीय र राष्ट्रिय खेलाडी २ जना समावेश गर्न पाईनेछ । खेल अवधिमा लाग्ने खर्च सहभागी टिमले स्वयम् व्यहोेर्नुपर्ने छ । टिम दर्ता माघ १० गते दिउँसो ३ बजेसम्म गराइसक्नु पर्ने बताइएको छ । खेलमा सम्बन्धित जिल्लाको खेलाडीहरु हुनुपर्नेछ । साथमा नागरिकता अनिवार्य लिनुपर्दछ । भलिबल प्रतियोगिता महोत्सव अवधिभर संचालन हुने आयोजकले जनाएको छ ।

कुश्मामा आयोजित सातौँ पर्वत महोत्सवको तयारी तीव्र पारिएको छ । उद्योग वाणिज्य संघ पर्वतको मुख्य आयोजनामा यहि माघ ११ गतेदेखि २१ गतेसम्म हुने महोत्सवको प्रचारप्रसार ब्यापक रुपमा थालेको जनाएको छ । हरेक तीन तीन वर्षमा हुँदै आएको पर्वत महोत्सवमा यस वर्ष झण्डै २ सय ५० वटा स्टल रहने भएका छन् भने पाँच लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको छ । महोत्सवमा रु. ५ करोड भन्दा बढिको कारोबार गर्ने अपेक्षा लिईएको छ । समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन, पर्वत जिल्लाका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलको प्रचार प्रसार, पर्वत जिल्लामा उत्पादित बस्तुहरुको प्रवद्र्धन र प्रचार प्रसार, लोक संस्कृतिको संरक्षण र सम्वद्र्धन, स्थानीय उत्पादन, उद्योग, व्यापार र व्यावसायको विस्तार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने महोत्सवको उद्धेश्य रहेको छ ।

गण्डकी संचार

Back to top button