मतदातादाई धन्यवाद दिँदै जोशी र कुवँर

पर्वत । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजय भोगेका नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशी र माओवादी केन्द्रका नेता सुदिप कुवँर मतदातालाई धन्यवाद दिन यतिबेला पालिका स्तरिय कार्यक्रममा व्यस्त छन् । एक मात्र प्रतिनिधिसभा रहेको पर्वतमा गठबनधनबाट उम्मेदवार बनेका जोशी एमालेका उम्मेदवार पदम गिरी सँग २२ सय ६३ मतान्तरे पराजित भए । त्यस्तै प्रदेशसभामा गठबन्धनका उम्मेदवार कुवँर एमालेका भक्त कुवँर सँग दुई हजार ७४ मतान्तरले पराजित भएका थिए ।

नेताहरु पराजय भएसँगै मतदातासामु फर्किएर नआउने परिपाटिको अन्त्य गदै उनीहरु निर्वाचित उम्मेदवारभन्दा पहिला नै मतदातालाई धन्यवाद दिन जलजला पुगेका हुन् । निर्वाचनका क्रममा जलजला गाउँपालिकाबाट घरदैलो अभियान शुरु गरेका उम्मेदवारले मतदातादाई धन्यवाद दिन पनि जलजलाबाट शुरु गरेका छन् । आईतबार जिल्लाको जलजला गाउँपालिका–४ मल्लाजमा संयुक्त गठबन्धन निर्वाचन परिचालन समितिले आयोजना गरेको भेटघाट तथा धन्यवाद कार्यक्रममा पुगेका जोशी र कुवँरले मतदातालाई धन्यवाद दिनुका साथै निर्वाचनमा भएका कमिकमजोरीलाई केलाउन थालेका छन् ।

उक्त कार्यक्रममा मतदातालाई सम्बोधन गदै नेता जोशीले यस क्षेत्रको विकास निर्माणमा कुनै कमी हुन नदिने बताए । नेता जोशीले भने,‘निर्वाचनमा जित्ने र हार्ने कुरा स्वाभाविक पक्रिया हो । भावी दिनमा काँग्रेसलाई संगठित बनाएर आफु जिल्लाको विकासमा अझै सक्रिय हुनेछु ।,’ जोशीले पार्टीमा अन्तरघातीलाई कार्बाही हुने जिकिर गर्नुभयो । ‘अन्तरघात गरेर पार्टीलाई हराउन लाग्ने नेता कार्यकर्तालाई कसैले कुनै हालतमा बचाउनु हुँदैन, उनले भने,‘कारबाही नभएसम्म पार्टी हार्दै जान्छ ।,’ उनले पार्टीमा देखिएका असन्तुष्टि र कमजोरीलाई सुधार गदैै संगठनलाई बलियो बनाउन तर्फ सबै लाग्नुपर्नेमा जोड दिए । नेपाली काँग्रेसका निवर्तमान केन्द्रीय सदस्य समेत रहेका जोशीले सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने दावी गरेका छन् । चुनावमा जनतासित गरेका वाचा पूरा गर्न र नागरिकमा दलप्रतिको विश्वास बढाउन पाँच दलीय गठबन्धनको सरकार आवश्यक रहेको उनको भनाई छ । नेता जोशीले नेपाली काँग्रेसले अब युवाहरुलाई अगाडि बढाउने बताउँदै जबर्जस्ती हस्तक्षेप भन्दा पनि नयाँ भिजन र सोचका साथ आउन आग्रह गरे ।

कार्यक्रममा प्रदेश उम्मेदवार कुवँरले मतदातालाई धन्यवाद दिँदै निर्वाचनमा जित र हार स्वाभाविक भएको बताउँदै सबै मतदाताको प्रतिनिधि भएर काम गर्ने र सबैप्रति समदूरीको व्यवहार गर्ने बताउनुभयो । उहाँले निर्वाचनको क्रममा जनतासँग गरेका वाचा पुरा गरेर छोड्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । गठबन्धनका उम्मेदवारको मतदाता भेटघाट तथा धन्यवाद कार्यक्रम सोमवार (आज) मोदी गाउँपालिकामा रहेको छ ।साभार गण्डकी संचार

Back to top button