बेनीबाट मल्लाज जादै गरेको जीप दुर्घटनाः एक जनाको मृत्यु, १३ जना घाईते

पर्वत।  जलजला गाउँपालिका– ३ पर्वत बेनीबाट मल्लाज जार्दै गरेको ध १ ज ४२९६ नम्वरको बोलेरो जीप बुधबार दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन् । उपचारको क्रममा जीपका चालक ३७ बर्षका डम्मरबहादुर नेपालीको मृत्यु भएको बेनी अस्पतालका सूचना अधिकारी डिल्लीराम शर्माले जानकारी दिनुभएको छ।

जलजला गाउँपालिका वडानम्वर २ मल्लाज जार्दै गरेको जीप दुर्घटनामा सवार १३ जना घाईतेमध्ये पाचँ जना पोखरा रिफर गरिएको छ भने आठ जना लाई म्याग्दीको बेनी अस्पतालमा उपचार गरिएको छ । बेनी अस्पतालमा प्राथमिक उपचारपछि १५ बर्षका आशिष नेपाली, ३० बर्षका सुमन नेपाली, ४० बर्षकी माया दमाई, १२ बर्षकी सजना परियार र सिर्जना परियारलाई थप उपचारका लागि मणिपाल अस्पताल पोखरा पठाईएको छ ।


घाईतेमध्ये २० बर्षकी प्रियङ्का बोहरा, १३ बर्षको यशोधा परियार, २३ बर्षको रोशनसिङ रत्न, १६ बर्षका नविन बर्देवा, १२ बर्षको सन्देश रत्न, १४ बर्षको अजित परियार, १४ बर्षको सज्जन परियार र १६ बर्षकी विनिता परियारको बेनी अस्पतालमा उपचार भईरहेको छ । जनप्रतिनिधि, प्रहरी र स्थानीयले जीप दुर्घटनामा घाईतेलाई उद्वार गरी बेनी अस्पताल ल्याएका थिए।साभार म्यादी अनलाईन

Back to top button