
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीतर्फ एनआरएनएकी एस्ली सापकोटा डंगोलले चौथो स्वर्ण हात पारेकी छन्।शनिबार साँझका तीन स्वर्ण जितेकी एस्लीले आइतबार विहान ८ सय मिटर फ्रि स्टायलमा एक स्वर्ण थप्दै आफ्नो स्वर्ण संख्या ४ पुर्याएकी हुन्।
पोखरास्थित फिस्टेल एकेडेमीमा सर्ट कोर्समा भएको स्पर्धामा एस्लीले १० मिनेट ३०।६४ सेकेन्डको समय निकाल्दै चौंथ स्वर्ण हात पारेकी हुन्। सो इभेन्टमा नेपाल पुलिस क्लबकी आर्या महर्जनले १० मिनेट ४१।६२ सेकेन्डको समय निकाल्दै दोस्रो र पुलिसकै समिरा सोभ थापा मगरले १० मिनेट ५७।६४ सेकेन्डको समय निकाल्दै काश्य जितिन्।
अस्वस्थताका कारण १३ औं सागकी कीर्तिमानी गौरिका सिंहले ८ सय मिटर फ्रिस्टाइल इभेन्ट त्यागेकी थिइन्। गौरिकाले पहिलो दिन दुई इभेन्ट्स र आज एक गरि ३ इभेन्ट छाडिसकेकी छिन्। एस्लीले पहिलो दिन शनिबार महिला ५० मिटर बटरफ्लाई, १०० मिटर फ्री स्टाइल र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी थिइन्।साभार थाहा खबर