तेक्वान्दोको पुम्सेतर्फको उपाधिमा पुलिसको वर्चश्व

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको पुम्सेतर्फको विधाको उपाधिमा नेपाल प्रहरीले वर्चश्व कायम गरेको छ ।

पुम्से एकल र पियरको महिला पुरुष दुवैमा बिजेता बनेको नेपाल प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम बनेर ५ वटा स्वर्ण पदक जितेको छ। महिलातर्फको टिम पुम्सेमा भने नेपाली सेनाले जितेको छ।

राष्ट्रिय खेलकुद परिषद्का प्रमुख तेक्वान्दो प्रशिक्षक नविन श्रेष्ठले प्रहरीका निशा दर्नाल महिला र कमल श्रेष्ठ एकल पुम्सेमा विजयी भएका बताए। महिलातर्फ नेपाली सेनाकी स्वतिका तामाङ दोस्रो, प्रदेश १ की शुशिला राई र गण्डकीकी अर्पण अधिकारी तेस्रो भएका छन्। पुम्से एकल पुरुषमा लुम्बीनीका युवराज राना दृतीय, गण्डकीका आयुष गुरुङ र प्रदेश १ का विवेक राई तेस्रो भए।

पुम्से पियरमा प्रहरीका निशा दर्नाल र अस्मिन राउत प्रथम, सेनाको दिपेन्द्र गुरुङ र प्रशन्ना क्षेत्री दोस्रो, गण्डकीका आयुश गुरुङ र अर्पणा अधिकृत तथा प्रदेश १ का विवेक राई र सुभिक्षा राई तेस्रो भएका छन्।

पुरुषको टिम पुम्सेमा पुलिसका प्रेमबहादुर लिम्बु, जितबहादुर भाट र कमल श्रेष्ठ प्रथम, सेनाका दिपेन्द्र गुरुङ, राजन रिमाल, रामकुमार पोखरेल दृतीय, गण्डकीका टार्जन कायत मगर, तिलक सिउथानी मगर र युकेश थापामगर तथा शसस्त्र प्रहरीका सिर्जन श्रेष्ठ, नोर्वु मोक्तान र योवन दाहाल तेस्रो भए।

टिम पुम्से महिलामा सेनाका स्वतीका तामाङ, निता गुरुङ, प्रशन्ना क्षेत्री प्रथम, पुलिसका निशा दर्नाल, सिता तामाङ, मोनिका रम्तेल दृतीय, शसस्त्र प्रहरीका मोनिका मगर, स्मृति नेपाली र चन्दा शाही तथा प्रदेश १ का मनिषा विश्वकर्मा, शान्ति राई र शुशीला राई तेस्रो भए। तेक्वान्दोको पुम्मे विधा तर्फको सबै खेल सकिएको राखेपका प्रमुख तेक्वान्दो प्रशिक्षक श्रेष्ठले जानकारी दिए।

गेरोगीतर्फ शनिवार महिलाको ५३ र पुरुषको ५८ केजी तौल समुहको पहिलो चरणको खेल सकिएको छ। महिलाको ५३ केजी तौल समूहबाट सेनाकी गीता कडायत, लुम्बीनी प्रदेशका निलिमा मल्ल, प्रहरीका आयुशा लामा र शसस्त्र प्रहरीका अस्मिता खड्का क्वाटर फाइनलमा प्रवेश गरेका छन्। पुरुष ५८ केजी तौल समूहबाट मधेश प्रदेशका सोव अख्तर, बागमतीका रेहन केसी, पुलिसका सुवासचन्द्र वोहोरा र सेनाका लोकबहादुर राउत क्वाटर फाइनल प्रवेश गरेको छ।साभार थाहा खबर

Back to top button